Sat. Oct 26th, 2024

काठमाडौं, ४ चैत ।  नेपाल चलचित्र संघका महासचिब प्रदिप उदयले निर्माण गर्ने फिल्म ‘अधकट्टी’को शुटिंग सुरु भएको छ। फिल्म युनिट झन्डै ९ महिनाको गृहकार्यपछि फ्लोरमा उत्रिएको हो। पत्रकार टर्न निर्देशक सुब्रत आचार्यले पहिलो पटक ‘अधकट्टी’ निर्देशन गर्न लागेका हुन्। उनले फिल्ममा बेरोजगार युवाको कथा साथै ‘एक्सन’ भन्दा कुनै अनौठो अनुभव दिने प्रेम ‘अधकट्टी’ मा समेटिने बताए। साथै दैनिक देखिने, पढिने र सुनिने घटना कथाको स्वरुपमा चलचित्रमा उतारिने पनि निर्देशक आचार्यले बताए। केहि कमेडी समेत रहेको फिल्म काठमाण्डौ र चितवनको सौराह लगायत स्थानमा छायांकन हुनेछ। विल्सन बिक्रम राई, अशिष्मा नकर्मि ,गौरव पहारी, रिस्ता बस्नेत, र नबनायक प्रदीप बाँस्तोलाले यस फिल्ममा सुब्रतको एक्सन कटमा कम गर्दैछन। फिल्ममा नम्रता श्रेष्ठ र गजित विष्टले पनि अतिथि पात्रको भूमिका निभाउँदै छन् । हरी घले लामाले खिच्ने फिल्ममा राजन इशान र बसन्त सापकोटाको संगीत छ।