Thu. Apr 18th, 2024

काठमाडौं, ६ चैत । कुनै समय उनलाई फेसन डिजाइनर बन्ने झोक चलेको थियो तर त्यतिखेरै गार्मेन्ट उद्योगमा ह्रास आएपछि एकाएक मन परिवर्तन गरे । फेसन डिजाइनर बन्न नसके पनि सफल इभेन्ट मेनेजर बनेका छन् तेन्जिङ फुर्वा शेर्पा । सन् २००१ देखि २०१४ सम्ममा आइपुग्दा तेन्जिङले थुप्रै परिचय बनाएका छन् । तीमध्ये उनलाई चिनिने परिचय हो, इभेन्ट मेजेनर । हेमा मानन्धरसँग भेट भएपछि ‘नेप्लिज फेसन होम’ स्थापना गरेर इभेन्ट मनेजमेन्टमा पाइला चालेका तेन्जिङ नेपाली चलचित्रमा ‘हिरो’ समेत भएका छन् । चलचित्रमा अभिनयपछि ‘हिरो’को परिचय त बनाए नै उनी शेर्पा समुदायको ‘प्रथम अभिनेता’ समेत ‘भएका छन् । नेपाली चलचित्र ‘राहदानी’ मा अभिनयपछि ‘हिरो’ भएका उनले भने, ‘शेर्पा समुदायमा अहिलेसम्म कोही हिरो छैनन्जस्तो लाग्छ । त्यसैले सायद मै हुँ पहिलो शेर्पा समुदायको हिरो ।’


तेन्जिङले पहिलोपटक चलचित्र ‘राहदानी’ मा क्योमरा फेस गरेको भए पनि कुनै नालो नलागेको बताए । ‘चलचित्रमा अभिनय नगर्दामा पनि क्यामेरा फेस गहिरहेका हुन्थे’ उनले भने, ‘त्यसैले होला मलाई अप्ठ्यारो लागेन ।’ तर, पहिलोपटक जोखिम मोलेरै अभिनय गर्ने निर्णय गरेको उनको भनाइ छ । उनले भने, ‘सानैदेखि फिल्म हेर्थे । हिरो÷रिहोइन नाचेको देख्दा मलाई पनि हिरो हुने रहर लागेको थियो । अहिले त्यो रहर पूरा भएको छ ।’ रहर पूरा भए पनि उनको अभिनय इच्छा भने पूरा भएको छैन । उनी भन्छन्, ‘अभिनयका लागि प्रस्ताव आया भने तयार छु ।’


कन्टेन्पोररी आर्ट एन्ड फेसन टेक्नोलाजी काठमाडौंबाट डिजाइनिङमा ‘डिप्लोमा’ गरेका तेन्जिङले नै जातीय रूपमा सौन्दर्य प्रतियोगिताको सुरुआत गरेका हुन् । नेप्लिज फेसन होमले सन् २००१ मा ‘मिस टिन शेर्पा’ र ‘मिस टिन गुरुङ’ को सुरुआत गरेयता नै विभिन्न जात तथा समुदायमा सौन्दर्य प्रतियोगिातको थालनी भएको हो । अहिले यस्ता सौन्दर्य प्रतियोगिताको लहर नै चलेको छ । फ्सन होमले ‘मिस नेवाः,’ ‘किडस क्विन’, ‘प्रिन्सेस नेपाल’, ‘मास्टर स्टार’ लगायतका इभेन्ट गर्दै आएको छ भने म्युजिकल इभेन्टलगायत विभिन्न ७० भन्दा बढी इभेन्ट मेनेजमेन्ट गरिसकेको छ ।
पछिल्लो समय अनिभयमा सक्रिय तेन्जिङले चाँडै गीति एल्बमसमेत ल्याउँदै छन् । गायनमा समेत आफ्नो उपस्थिति देखाउन एल्बम निकाल्ने लागेको उनले बताए । ‘एल्बम मेरो एकल होइन’ उनले भने, ‘एल्बममा पत्रकार डब्बु क्षत्रीको शब्दमा विभिन्न गायक÷गायिकाको स्वर रहने छ ।’

%d bloggers like this: