Sat. Apr 27th, 2024

काठमाडौं, चैत ७ । नेपाल उद्योग वाणिज्य महासंघको सदस्यका लागि अशोक शर्मा चुनिएका छन् । नेपाल चलचित्र निर्माता संघको शुक्रवार बसेको बैठकले उनलाई फिल्म निर्माताका तर्फबाट सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
उद्योगीहरुको छाता संगठन उद्योग वाणिज्य संघमा फिल्म क्षेत्रको प्रतिनीधित्व गर्न आकाश अधिकारी पनि इच्छुक देखिएका थिए । अन्तिम अवस्थासम्म आफ्नो पक्षमा लबिङ गरेका आकाश भोटिङ गर्नुपर्ने भएपछि ब्याक भएका हुन् ।
सदस्यका लागि सिफारिस भएपछि शर्माले नेपाली फिल्म क्षेत्रलाई उद्योग मान्यता दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी निर्माण क्रममा रहेको संविधानमा पनि फिल्म क्षेत्रका कुरा अटाउन आवाज उठाउने बताएका छन् । सदस्य सिफारिस भएपछि उनले भने, ‘फिल्म क्षेत्रमा पनि लगानीको मात्रा बढ्दै गएको छ, तर अहिलेसम्म उद्योगको मान्यता दिइएको छैन । यसले व्यवसायिक रुपमा फिल्म निर्माण गर्नेमाथि मर्का परेको छ । मन्त्रीपरिषद्बाट फिल्मलाई उद्योगको मान्यता दिन पहल गर्नेछु ।’ संघका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा बसेको बैठकलाई महासंघको सदस्य सिफारिस गर्न दिनभरी लागेको थियो ।

%d bloggers like this: