अश्लील भिडियो काण्डमा अभिनेत्री मीरा पतिसहित पक्राउ

पाकिस्तानी फिल्मी अभिनेत्री मीरा र उनका पति क्याप्टेन नाविद सहजादलाई अश्लील भिडियो खिचेको अभियोगमा पक्राउ गरिएको छ । उनीहरूलाई त्यहँ“को अदालतले पक्राउ आदेश जारी गरेपछि पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । पाकिस्तानी अदालतले सोमबार प्रहरीमार्फत पक्राउ आदेश दिएको हो । साथै, अतिरिक्त जिल्ला न्यायाधीश सरदार भाट्टीको इजलासले भिडियो खिचेको घटनालाई ‘पाप कर्म’ भएको निष्कर्È निकालेको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सो भिडियोका विÈयमा अप्रिल २ मै अदालतमा मुद्दा दायर भएको थियो ।

Read More

‘नोभेम्बर रेन’ रिलिज अघि नै संगीत फ्यान क्रेज बढ्दो

‘नोभेम्बर रेन’ रिलिज अघि नै संगीत फ्यान क्रेज बढ्दो
नायक आर्यन सिग्देल अनि नम्रता श्रेष्ठको जोडीलाई फिल्म ‘ मेरो एउटा साथि छ’ पछि फेरी दोहोराईएको फिल्म ‘नोभेम्बर रेन’ निकै आशा गरिएको फिल्ममा पर्दछ। यश अघि ‘आई एम सरी’ निर्देशन गरेका दिनेश राउतले निर्देशन गरेको उक्त फिल्म हाल चर्चाको सिखरमा छ। पहिले चैत्र १४ मा चल्ने भंनिएको फिल्म अब बैशाख १२ मा चल्दै छ। नेपाली सिने बजारमा फिल्म ‘नोभेम्बर रेन’ को मात्र चर्चा छैन उक्त फिल्ममा समाबेस गित संगीत पनि उतिकै चर्चित छन्। फिल्मको ‘कस्तो मिठो’ अनि ‘पलभरमै खुशी’ बोलका दुई गित हाल चर्चाको सिखरमा छ ।
निर्देशक राउत आफैले लेखेको शब्द अनि तारा प्रकाश लिम्बुको संगीतमा फिल्मका गित तयार भएको हो । उदयमान गायक युभराज चौलागाईं, रजिना रिमाल अनि मेलिना राईले गायको गीतहरु निकै कर्णप्रिय छन ।

Read More

सेन्सर बोर्डको अवज्ञा गर्दै भीमदत्त चलाउने तयारीमा नवल

चलचित्र निर्माण भइसकेपछि प्रदर्शन गर्नुपूर्व चलचित्र जाँच पास शाखा सेन्सर बोर्डले सेन्सर गर्ने कानुनी प्रावधान छ । सो प्रावधान लागू हुँदै पनि आएको छ तर निर्माता तथा अभिनेता नवल खड्काले भने आफ्नो चलचित्र सेन्सर नगरी रिलिज गर्ने भएका छन् । उनले चलचित्र ‘भीमदत्त’ सेन्सर नगरी प्रदर्शन गर्ने बताए । यो चलचित्रलाई सेन्सर बोर्डले १२ दृश्य तथा संवाद ‘हाइड’ गर्ने सर्तमा ‘पिजी’ सर्टिफिकेट दिएको छ तर नवलले सेन्सर बोर्डले दिएको आदेश अवज्ञा गर्ने बताए । चलचित्र ‘भामदत्त’ को हङकङमा च्यारिटी गरेर यसै साता फर्केका नवलले भने, ‘सेन्सर बोर्डले हाइड गर्नु भनेको दृश्य हाइड नगरी चलचित्र प्रदर्शन गर्ने सोचमा छु । यो बायाग्राफि चलचित्र हो । त्यसैले सेन्सरले कैंची लगाउनु भनेको दृश्य हटाए चलचित्रको मर्म नै मर्छ । यदि जनताले सेन्सर गर भन्यो भने मात्र ती दृश्य हटाउने छु ।’ ‘भीमदत्त’ सुदुरपश्चिम डडेलधुराका किसान नेता भीमदत्त पन्तको जीवनीमा आधारित चलचित्र हो ।

Read More

यी लोक दोहोरी कि फोहोरी ! (भिडियोहरु सहित)

लोक कलाकारहरु आफूले गाएका गीतले संस्कृति जोगाएको भन्दै ठूलठूला गफ दिन्छन् । राज्यलाई ठूलै योगदान गरेको भन्दै गुनासो गर्छन् । अरु क्षेत्रका कलाकारले हेपेको गुनासो गर्छन् । कहिलेकाहिँ आफूतिरै फर्केर हेरेपनि हुन्छ नि ! यतिबेला बजारमा चलेका केही लोक वा लोकदोहोरी गीतले संस्कृतिको संरक्षण होइन, हुर्मुत लिइरहेका छन् । म्युजिकमा गीतार, पहिरन माइली साइरसलाई चुनौती दिने खालका र शब्द एक्लै बस्दा पनि सुन्न लाज लाग्ने भएपछि लोक दोहोरी भन्न्नु कि फोहोरी !

Read More

हिम्मतवाली रेखामाथि प्रहरी छानविन !

फिल्म क्षेत्रबाट दिनप्रतिदिन अलोकप्रिय हुँदै गएकी नायिका रेखा थापा प्रहरी छानविनमा तानिएकी छिन् । हिम्मतवाली फिल्मको सुटिङमा प्रहरीको पोशाक दुरुपयोग गरेकोमा प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । प्रहरीको स्वीकृतिबिना नै आईजीपी र डिआईजीको पोशाक लगाएर सुरक्षामा आँच पुर्‍याउने काम गरेको भन्दै छानबिन सुरु भएको हो ।
हिम्मतवाली फिल्मको सुटिङका लागि महेन्द्रनगर पुगेकी नायिका थापाले स्वीकृतिबिना नै आईजीपी तथा डिआईजीको पोशाकको दुरुपयोग गरेकी हुन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनले त्यसका लागि स्वीकृति लिएकी छैनन् । प्रहरी प्रवक्ता एसएसपी गणेश केसी भन्छन्, ‘स्वीकृति नलिइकन त्यसरी प्रहरी पोशाकमा सुटिङ गरिएको रहेछ भने त्यो आपत्तिजनक कुरा हो, हामी छानबिन गरिरहेका छौं ।

Read More

‘वाका वाका’ होइन अबको वल्र्ड कपमा शाकिराको ‘ला ला ला’

‘वाका वाका’ गीतमार्फत ‘फिफा वल्र्ड कप–२०१०’ मा संसारका आफ्ना दर्शकलाई नचाउन सफल भएकी गायिका शाकिराले यसपटक पनि ‘वल्र्ड कप’मा फुटबल प्रेमीलाई नचाउने भएकी छन् । ब्राजिलमा हुन गइरहेको वल्र्ड कपका लागि उनले नयाँ गीत रेकर्ड गरेकी छन् । आउँदो गृष्म ऋतुमा ब्राजिलमा हुने फुटबलको महाकुम्भमेला ‘वल्र्ड कप’ का लगि शाकिराले ‘ला ला ला’ बोलको गाएकी छन्, जुन गीत उनै लेखेकी हुन् भने यो नयाँ गीत ‘डेयर’ को संशोधित रूप हो ।

Read More

स्व. निर्देशक शिव रेग्मीको नाममा चौतारो बनाइँदै (कार्यक्रमको तस्बिर फिचरसहित)

काठमाडौं, १० चैत । चलचित्र ‘मनले मनलाई छुन्छ’ को निर्माण युनिटले स्व. निर्देशक शिव रेग्मीका नाममा उनको गृहनगर चितवनमा चौतारा निर्माण गर्ने भएको छ ।

Read More

‘हँसिया’मा हेमाको खतरानक फाइट

मिलन चाम्सको महत्वाकांक्षी फिल्म ‘हँसिया’मा अभिनेत्री हेमा श्रेष्ठले १ सय ३७ जनासँग खतरानक फाइट गरेको बताइएको छ । जेठ ९ गते प्रदर्शन हुने फिल्ममा हेमाको फाइटलाई लिएर अभिनेता राजेश हमालले समेत प्रसंशा गरेका छन् । अभिनेता हमालले भने, ‘हेमाजीमा एक्सन गर्ने दक्षता छ । हँसियामा त्यो देखाउनुभएको छ ।’ आइतवार राजधानीको दरवारमार्गस्थित मधुशाला गजल बारमा आयोजना गरिएको कार्यक्रममा अडियो तथा प्रोमो रिलिज गरिएको थियो ।

Read More

‘आवरण’को ट्रेलरमा भित्री कुरा (ट्रेलरसहित)

सुबास कोइराला निर्देशित फिल्म ‘आवरण’का केही भित्री कुरा सार्वजनिक भएका छन् । हिजो एक कार्यक्रमबिच ट्रेलर मार्फत् भित्रि कुरा सार्बजनिक गरिएका हुन् । हरि हुमागाईको छायांकन, अनिल योन्जन लेखन र बाबु बोगटी, स्वप्निल शर्मा र कसम नेपालको संगीत रहेको छ ।

Read More

सन्नी लियोन आज नेपालमा !

सन्नी लियोनको ट्वीट पत्याउने हो भने आज उनी नेपाल आउँदैछिन् । बलिउड जोडिएको बिरालो मात्रै नेपाल आउने भएपनि ब्यापक हल्लाखल्ला हुन्छ । पोर्न मूभी हु“दै बलिउडमा प्रवेश गरेकी सन्नी लियोनी अहिले चर्चामा छिन् । उनी आउने कुरा चर्चा नहुने कुरै भएन । आज बिहान उनले एकाएक ट्वीट गरिन्, ‘मर्निङ एभ्रीवान !! ह्याप्पी सन्डे ! अफ टू नेपाल टुडे ! लुकिङ फरवाडए टू लिटिल विट अफ वर्क एन्ड देन अ लिटिल बिट अफ रिल्याक्सेसन !’

Read More