Fri. Mar 29th, 2024

लस एञ्जस, १० चैत । ‘वाका वाका’ गीतमार्फत ‘फिफा वल्र्ड कप–२०१०’ मा संसारका आफ्ना दर्शकलाई नचाउन सफल भएकी गायिका शाकिराले यसपटक पनि ‘वल्र्ड कप’मा फुटबल प्रेमीलाई नचाउने भएकी छन् । ब्राजिलमा हुन गइरहेको वल्र्ड कपका लागि उनले नयाँ गीत रेकर्ड गरेकी छन् ।https://i0.wp.com/www.sonzeira.com.br/musica/opt/apache/htdocs/sonzeira/www/musica/wp-content/uploads/2012/03/Shakira-Waka-Waka-Dance-1.jpg?resize=640%2C360
आउँदो गृष्म ऋतुमा ब्राजिलमा हुने फुटबलको महाकुम्भमेला ‘वल्र्ड कप’ का लगि शाकिराले ‘ला ला ला’ बोलको गाएकी छन्, जुन गीत उनै लेखेकी हुन् भने यो नयाँ गीत ‘डेयर’ को संशोधित रूप हो ।
यी गायिका अहिले स्पेनी टिमका डिफेन्डर जेरार्ड पिकसँग डेटिङ गरिहेका छन् । ३७ वर्षीया गायिका शाकिराले आफ्नो नयाँ गीतबारे भनिन्, ‘यो जोशीलो ब्राजिलीयन गीत हो । यो गीतको संगीत मेरै हो । वास्तवमा मैले वल्र्ड कपका लागि यो गीत रेकर्ड गराएकी हुँ ।’
https://i0.wp.com/img1.ndsstatic.com/wallpapers/95e060ea248322196edfca58c6b098d3_large.jpeg?resize=640%2C361

%d bloggers like this: