Thu. Mar 28th, 2024

काठमाडौं, १० चैत । चलचित्र ‘मनले मनलाई छुन्छ’ को निर्माण युनिटले स्व. निर्देशक शिव रेग्मीका नाममा उनको गृहनगर चितवनमा चौतारा निर्माण गर्ने भएको छ । आइतबार स्वं रेग्मीको चितवनस्थित बाह्रघरेमा पुगेका निर्माण युनिटले चितवनमा यात्रु प्रतीक्षालय चौतारा निर्माण गर्ने घोषणा गरेको हो ।
निर्देशक रेग्मीको बायोग्राफी तथा पोस्टर सार्वजनिक गर्न चलचित्रका निर्माता सुनिल सिटौला, अभिनेता विरेन श्रेष्ठलगायत सञ्चारकर्मी आइतरबार बाह्रघरे पुगेका थिए । सो अवसरमा निर्माता सिटौलाले स्व. निर्देशक रेग्मीको नाममा यात्रु प्रतीक्षालय निर्माण गर्ने घोषणा गरेका हुन् । यसअघि ‘शिव रेग्मी अक्षय कोष’ स्थापना गरिसकेको छ । उक्त कोषबाट प्रतयेक वर्ष एक जना क्रियाशील कलाकार तथा पत्रकारलाई पुरस्कृत गरिने निर्माता सिटौलाले बताए ।

Displaying IMG_8163.JPG

‘मनले मनलाई छुृन्छ’ स्वं रेग्मी निर्देशित अन्तिम चलचित्र हो । यो चलचित्र २८ चैतबाट देशभर रिलिज हुँदैछ । कार्यक्रममा चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएका निर्देशक रेग्मीको ६ मिनेटको बायोग्राफी देखाइएको थियो । रेग्मीको बायोग्रफी हरेपछि उपस्थित दर्शकदीर्घाको आँखा रसाएको थियो ।
कार्यक्रममा राजधानी गएका पत्रकार÷कलाकार, चितवनमा सक्रिय पत्रकार तथा चलचित्रकर्मी र सर्वसाधारणको बाक्लो उपस्थिति थियो । साहित्यकार तथा रंगकर्मी रिद्दिचरण श्रेष्ठ र गीतकार प्रेमविनोद नन्दनको आतिथ्यमा आयोजित कार्यक्रममा स्वं रेग्मीकी आमा भक्तमाया रेग्मी, पत्नी ज्ञानु रेग्मीलगायतले स्वं निर्देशक रेग्मीको चर्चा गरेका थिए ।

Displaying IMG_8150.JPG
कार्यक्रममा बोल्दै चलचित्रकी अभिनेत्री गरिमा पन्तले शिव रेग्मीसँग काम गर्न पाएकोमा आफ्नो एउटा इच्छा पूरा भएको बताइन् । उनले भनिन्, ‘हरेक कलाकारको इच्छा राम्रो निर्देशकसँग काम गर्ने इच्छा हुन्छ, त्यो इच्छा मैले शिव रेग्मीसँग उहाँको अन्तिम चलचित्रमा काम गरेर पूरा गरेकी छु । उहाँ चलचित्र क्षेत्रको एकदमै कुसल निर्देशक हुनुहुन्थ्यो ।’ त्यस्तै, अभिनेता बिरेन श्रेष्ठले शिव रेग्मीको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ उत्कृष्ट बनेकाले सबैलाई हेरिदिन आग्रह गरे । उनले निर्देशक रेग्मी नुहँदा अहिले आफूहरु सबैबाट हेपिएको आभाष भइरहेको बताउदै दुःख व्यक्त गरेका थिए । ‘चलचित्र एकदमै राम्रो बनेको छ’ उनले भने, ‘तर अहिले हामीसँग निर्देशक रेग्मी हुनुहन्न तर हामी चलचित्र दर्शकसमक्ष पु¥याएरै छाड्छौ ।’ उनले स्व. निर्देशक रेग्मीको भनेको कुरा स्मराण गर्दै भने, ‘अहिलेसम्म विरेनले सफलता केहो भन्ने चाखेकै छैन तर अब चाख्ने छ भनेर शिव दाईले भन्नुभएको थियो । हेरौं त्यो उहाँको भनाइ पुग्छ पुग्दैन त्यो चैत २८ पछि थाहा हुन्छ ।’

Displaying IMG_8229.JPG
कार्यक्रममा बोल्दै रेग्मी पत्नी ज्ञानु रेग्मीले चलचित्र ‘मनले मनलाई छुन्छ’ निर्देशक रेग्मीको ‘आफन्त’पछि उत्कृत्ट चलचित्र बनेका बताउँदै आफ्नो पतिको अन्तिम सिर्जनालाई एकपटक हेरिदिन आम दर्शकलाई आग्रह गरिन् । कार्यक्रमको अवधिभर रेग्मीकी आमा भक्तमाया रेग्मी भाव विहृवल भइरहेकी थिइन । उनले आफ्नो छोरोको अन्तिम चलचित्रलाई हेरर साथ दिन आग्रहसमेत गरेकी छन् ।

Displaying IMG_8215.JPG

Displaying IMG_8219.JPG

%d bloggers like this: