Wed. Apr 24th, 2024

काठमाडौं, १२ चैत । चलचित्र निर्माण भइसकेपछि प्रदर्शन गर्नुपूर्व चलचित्र जाँच पास शाखा सेन्सर बोर्डले सेन्सर गर्ने कानुनी प्रावधान छ । सो प्रावधान लागू हुँदै पनि आएको छ तर निर्माता तथा अभिनेता नवल खड्काले भने आफ्नो चलचित्र सेन्सर नगरी रिलिज गर्ने भएका छन् । उनले चलचित्र ‘भीमदत्त’ सेन्सर नगरी प्रदर्शन गर्ने बताए । यो चलचित्रलाई सेन्सर बोर्डले १२ दृश्य तथा संवाद ‘हाइड’ गर्ने सर्तमा ‘पिजी’ सर्टिफिकेट दिएको छ तर नवलले सेन्सर बोर्डले दिएको आदेश अवज्ञा गर्ने बताए । चलचित्र ‘भामदत्त’ को हङकङमा च्यारिटी गरेर यसै साता फर्केका नवलले भने, ‘सेन्सर बोर्डले हाइड गर्नु भनेको दृश्य हाइड नगरी चलचित्र प्रदर्शन गर्ने सोचमा छु । यो बायाग्राफि चलचित्र हो । त्यसैले सेन्सरले कैंची लगाउनु भनेको दृश्य हटाए चलचित्रको मर्म नै मर्छ । यदि जनताले सेन्सर गर भन्यो भने मात्र ती दृश्य हटाउने छु ।’ ‘भीमदत्त’ सुदुरपश्चिम डडेलधुराका किसान नेता भीमदत्त पन्तको जीवनीमा आधारित चलचित्र हो ।
नवल केही सातायता ‘भीमदत्त’ को च्यारिटीका क्रममा विभिन्न मुलुकको भ्रमणमा छन् । यसै साता मात्र उनी हङकङमा ‘भीमदत्त’ को दुई सो च्यारिटी गरेर फर्केका हुन् । उनले ‘भीमदत्त’ को चीनको गुन्जाओमा ९ मार्चमा च्यारिटी गरिएको बताउँदै भने, ‘सम्भवतः पहिलोपटक नेपाली चलचित्र चीनमा प्रदर्शन गरिएको छ । मैले थाहा पाएअनुसार नेपाली चलचित्र चीनमा प्रदर्शन भएको छैन ।’ साथै, उनले आफू हङकङमा भएका बेला त्यहाँ नेपाली चलचित्रको पाइरेशी नियन्त्रण गर्न हङकङस्थित नेपाली महाबाणिज्यदूत समक्ष नेपाल चलत्रि कलाकार संघको तर्फबाट ज्ञापनपत्र बुझाएको बताए ।

%d bloggers like this: