Wed. May 8th, 2024

इस्लामावाद, १२ चैत (एजेन्सी) । पाकिस्तानी फिल्मी अभिनेत्री मीरा र उनका पति क्याप्टेन नाविद सहजादलाई अश्लील भिडियो खिचेको अभियोगमा पक्राउ गरिएको छ । उनीहरूलाई त्यहँ“को अदालतले पक्राउ आदेश जारी गरेपछि पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
पाकिस्तानी अदालतले सोमबार प्रहरीमार्फत पक्राउ आदेश दिएको हो । साथै, अतिरिक्त जिल्ला न्यायाधीश सरदार भाट्टीको इजलासले भिडियो खिचेको घटनालाई ‘पाप कर्म’ भएको निष्कर्È निकालेको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सो भिडियोका विÈयमा अप्रिल २ मै अदालतमा मुद्दा दायर भएको थियो ।
समाचारमा जनाइअनुसार अदालतले स्थानीय मोजाङ प्रहरी कार्यालयका प्रहरी अधिकृतलाई यस घटनाबारे बेग्लै प्रतिवेदन नदिएको भन्दै कारबाही गर्न आदेश दिएको हो । यी ‘दम्पतीले अश्लील भिडियो खिचेर समाजमा विकृति फैलाएको र इस्लामिक मान्यताविपरीत कार्य गरेको निवेदनमा उल्लेख छ ।
उनीहरूलाई कडाभन्दा कडा सजायको माग गरिएको छ । तर, सहजादले आफूहरू वैधानिक दम्पती भएको भन्दै यौनजन्य भिडियो खिच्नु अपराध नभएको दाबी गरेका छन् । उनले आºनै घरमा यौन क्रियाकलाप गरिरहेका बेला आफै“ले भिडियो खिचेको बताएका छन् । तर, सो भिडियो अहिले विभिन्न इन्टरनेट सञ्जालमार्फत सार्वजनिक भएपछि कारबाहीको कुरा अगाडि बढेको हो । साथै, यस भिडियोबारे अभिनेत्री मीराले खण्डन गरेकी छन् । उनले त्यो भिडियो आºनो नभएको दाबी गरेकी छन् । उनले भनेकी छन्, ‘हामीलाई बदनाम गराउने प्रपञ्चले यस्तो अपवाह फैलाइएको हो ।’

%d bloggers like this: