Thu. Apr 25th, 2024

काठमाडौं, चैत ९ । मिलन चाम्सको महत्वाकांक्षी फिल्म ‘हँसिया’मा अभिनेत्री हेमा श्रेष्ठले १ सय ३७ जनासँग खतरानक फाइट गरेको बताइएको छ । जेठ ९ गते प्रदर्शन हुने फिल्ममा हेमाको फाइटलाई लिएर अभिनेता राजेश हमालले समेत प्रसंशा गरेका छन् । अभिनेता हमालले भने, ‘हेमाजीमा एक्सन गर्ने दक्षता छ । हँसियामा त्यो देखाउनुभएको छ ।’ आइतवार राजधानीको दरवारमार्गस्थित मधुशाला गजल बारमा आयोजना गरिएको कार्यक्रममा अडियो तथा प्रोमो रिलिज गरिएको थियो ।
तेक्वान्दोकी थ्री डन हेमाले भने सुरुमा आफू डराएको बताइन् । उनले भनिन्, ‘ फिल्मको कथा सुन्दा गर्न सक्छु र जस्तो लागेको थियो ।  तर, काम गर्दै जाँदा अपेक्षा गरेभन्दा राम्रो बन्यो ।’ फिल्म सुटिङमा आफूले नखरा गरेको कुरा पनि आफैले खोलिन् । भनिन्, ‘फिल्म सुटिङमा मैले गरेका नाटक सहिदिनुभएकोमा युनिटका सदस्यलाई धन्याबाद ।’ निर्देशक मिलन चाम्सले ‘हँसिया’बाट नेपाली फिल्मका दर्शकले फरक खालको स्वाद चाख्ने बताए । उनले फि ल्म नारी प्रधान भएको बताए ।  फिल्मलाई राम्रो बनाउन कुनै कम्प्रमाइज नगरिएको पनि बताए । फिल्मको प्रोमो हेरेपछि उपस्थित पत्रकार र अन्य फिल्मकर्मीले निर्देशकको प्रशंसा गरेका थिए ।

दुर्गा घलेको लगानी रहेको फिल्मको कुल लागत १ करोड १५ लाख रुपैयाँ रहेको दाबी गरिएको छ । कल्याण सिंहको संगीत रहेको फिल्ममा चार गीत समावेश छन् । यी गीतहरुमा राजेश पायल राई र सिवानी मोक्तानको स्वर छ । फिल्ममा प्रियंका कार्कीले हेमासँगै आइटम नृत्य गरेकी छिन् । जसको कोरियोग्राफी रिनाशा वान्तवा राईले गरेकी हुन् । फिल्ममा राजेशसँगै म्यानहन्ट इन्टरनेशल बिजेता अनुपबिक्रम शाही पनि मुख्य भूमिकामा छन् ।
पहिलोपल्ट नेपाली फिल्मको भब्य रेडकार्पेट प्रिमियर हुने भएको छ । अप्रिल २७ तारिखमा हङकङ र २८ तारिखमा लण्डनमा रेड कार्पेट प्रिमियर शो हुने जानकारी पनि दिइएको छ । फिल्म वितरणको जिम्मा दर्शना आर्टस्ले लिएको छ ।
hema_1153529487

%d bloggers like this: