Fri. Mar 29th, 2024

काठमाडौं, १२ चैत । नायक आर्यन सिग्देल अनि नम्रता श्रेष्ठको जोडीलाई फिल्म ‘ मेरो एउटा साथि छ’ पछि फेरी दोहोराईएको फिल्म ‘नोभेम्बर रेन’ निकै आशा गरिएको फिल्ममा पर्दछ। यश अघि ‘आई एम सरी’ निर्देशन गरेका दिनेश राउतले निर्देशन गरेको उक्त फिल्म हाल चर्चाको सिखरमा छ। पहिले चैत्र १४ मा चल्ने भंनिएको फिल्म अब बैशाख १२ मा चल्दैछ। नेपाली सिने बजारमा फिल्म ‘नोभेम्बर रेन’ को मात्र चर्चा छैन उक्त फिल्ममा समाबेस गित संगीत पनि उतिकै चर्चित छन्। फिल्मको ‘कस्तो मिठो’ अनि ‘पलभरमै खुशी’ बोलका दुई गित हाल चर्चाको सिखरमा छ ।
निर्देशक राउत आफैले लेखेको शब्द अनि तारा प्रकाश लिम्बुको संगीतमा फिल्मका गित तयार भएको हो । उदयमान गायक युभराज चौलागाईं, रजिना रिमाल अनि मेलिना राईले गायको गीतहरु निकै कर्णप्रिय छन ।

fan
fan

माया ,धोका अनि आफ्नो बाट टाडा हुनु पर्दाको पिडा, सम्बन्धका असन्तुस्टी व्यक्त उक्त गित युवा पुस्त माझ निकै लोकप्रिय अनि चर्चित बनि रहेको छ ।
चर्चित एरेन्जर राजन इशानले उक्त गीतको एरेन्ज गरेका हुन् ।फिल्मका गीतमा आवज दिएका गायक युभराज चौलागाईं लाइ थुप्रै फिल्म बाट पार्श्व गायनमा अफर समेत आइरहेको बुझिएको छ।
फिल्म चल्नु अघिनै फिल्म बारे फ्यान दर्शकहरु उत्सुक छन् भन्नेकुरा पनि फ्यानहरुले आफ्नो फेसबुक मा पोस्ट गरेको फोटो अनि स्टाटस बाट प्रस्ट हुन्छ। फिल्म चल्नेमा फिल्मका निर्माता, कलाकार अनि निर्देशक पनि आशाबादी देखिन्छन ।
त्यस्तै फिल्म ‘नाई नभन्नु ल २’ को गित संगीत पनि हाल निकै चर्चामा छ । गित संगीत राम्रो चलेकाले फिल्म सफल भएका उदाहरण पनि हामी समू धेरै छन । लुटको ‘उध्रेको चोली’ , कालिको ‘स्लोलि’ ,नाई न भन्नु ल को ‘नाई न भन्नु ल’,अन्दाजको ‘सिम्पल सिम्पल’ आदि गित संगीत चलेकै कारण फिल्म सफल हुन् मदत पुगेको भन्न सकिन्छ।
नायक सिग्देल र मलेसियाली एन आर एन सुवास गिरीले निर्माण गरेको फिल्म ‘नोभेम्बर रेन’ वैशाख १२ मा देशैभर चल्दै छ ।सोहि समयमा रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई र निश्चल बस्नेतको मुख्य भूमिका भएको कमेडी फिल्म ‘कबड्डी’ रिलिज हुने तय यसअघि नै भइसकेको छ ।

%d bloggers like this: