Sat. Apr 20th, 2024

काठमाडौं, चैत ९ । सन्नी लियोनको ट्वीट पत्याउने हो भने आज उनी नेपाल आउँदैछिन् । बलिउड जोडिएको बिरालो मात्रै नेपाल आउने भएपनि ब्यापक हल्लाखल्ला हुन्छ । पोर्न मूभी हु“दै बलिउडमा प्रवेश गरेकी सन्नी लियोनी अहिले चर्चामा छिन् । उनी आउने कुरा चर्चा नहुने कुरै भएन । आज बिहान उनले एकाएक ट्वीट गरिन्, ‘मर्निङ एभ्रीवान !! ह्याप्पी सन्डे ! अफ टू नेपाल टुडे ! लुकिङ फरवाडए टू लिटिल विट अफ वर्क एन्ड देन अ लिटिल बिट अफ रिल्याक्सेसन !’
किन, कहाँ र के कारणले नेपाल आउने नखुलाई गरिएको ट्वीटपछि धेरैले उनलाई यस्ता प्रश्न गरेका छन् । तर, उनले उत्तर दिएकी छैनन् । यतिबेला उनको फिल्म ‘रागिनी एमएमएस २’ रिलज भएको छ । बक्स अफिसमा राम्रो ओपनिङ पाएको फिल्मको नेपालमा भने अपेक्षित ब्यापार छैन ।
भारतका विभिन्न हलमा पहिलो दिनमै ८.७५ करोडको व्यापार गरेको फिल्मले नेपालमा भने नेपाली फिल्म ‘फिटकिरी’ जत्तिको कलेक्सन गरिरहेको छैन ।
फिल्मको प्रमोशनका लागि सन्नी भारतका विभिन्न शहर घुमिरहेकी छिन् । सायद नेपालमा उनलाई फिल्मको ब्यापार अपेक्षित नभएको खबर नेपाल डिष्ट्रब्युटरले पु¥याएको हुनुपर्छ । त्यसैले उनले पब्लिसिटीका नेपाल फन्डा अपनाएको हुनसक्ने ट्वीट पढेका धेरैको अनुमान छ । हरर कथावस्तुमा तयार भएको यो फिल्ममा सन्नी टपलेस देखिएकी छिन् । सन्नीको हट दृष्य र आक्रामक प्रचारले फिल्मलाई फाइदा पु¥याइरहेको छ ।

sunny1

%d bloggers like this: