
उत्कृष्ठ १५ मा ओशिका
चौध डिसेम्बरमा जर्मनीको म्याडगेबर्गस्थित मारिटिम होटलमा आयोजना हुने ४२औं ‘मिस इन्टरकन्टिनेन्टल– २०१३’ मा नेपालकी २० वर्षीया ओशिका न्यौपाने उत्कृष्ठ १५ मा छनोट भएकी छन् । विश्वका ६२ मुलुकका सुन्दरीले प्रतिष्पर्धी गरिहेको प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।