Thu. Mar 28th, 2024

चौध डिसेम्बरमा जर्मनीको म्याडगेबर्गस्थित मारिटिम होटलमा आयोजना हुने ४२औं ‘मिस इन्टरकन्टिनेन्टल– २०१३’ मा नेपालकी २० वर्षीया ओशिका न्यौपाने उत्कृष्ठ १५ मा छनोट भएकी छन् । विश्वका ६२ मुलुकका सुन्दरीले प्रतिष्पर्धी गरिहेको प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।
इप्लानेटको आयोजना गरेको ‘मिस इन्टरनेसनल नेपाल–२०१३’ की विजेता ओशिकाले उक्त अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाउने अवसर पाएकी हुन् । जर्मनी जानुपूर्व उनले कोरियोग्राफर रोजिन शाक्यबाट ग्रुमिङ, ओयस्टर जिमबाट फिटनेस, सुरेश केसी र डाली खनालबाट डाइनिङ एटिकेट्स सम्बन्धी र गल्र्स ब्युटी पार्लरकी ओसाका मुल्मीबाट मेकअप सम्बन्धी तालिम लिएकी थिइन् ।
ओशिकालाई डिजाइर विश्व गौतमले इभिनिङ गाउन, उत्तम बनेपालीले वेस्ट नेसनल कस्ट्युमको पहिरन, फेसन डिजाइनर समा बनुले ढाकाका पहिरन तथा दिपा क्रिएसनकी दिपा गौतमले इभिनिङ गाउन उपलब्ध गराएकी थिइन् । नयाँबानेश्वर निवासी ओशिका ‘एन्जेल २०११’ को विजेता पनि हुन् ।
Oshika-Neupane-in-bikini-swim-suit-2
oshika-neupane-01
oshika-neupane-02

%d bloggers like this: