Fri. Apr 26th, 2024

निर्देशक शिब रेग्मीको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएको छ । बिगत २६ दिनदेखि बयोधा अस्पतालको ‘भेन्टिलेटर’मा जीवन र मृत्युसँग संघर्ष गरिरहेका निर्देशक रेग्मीको अवस्था नाजुक रहेको उपचारार्थ चिकित्सक तथा उनका आफन्तलेले जनाएका छन् । दुबै किड्नीले काम नगरेको अवस्थामा रहेका उनको आफन्त सहित फिल्मकर्मीहरू निकै चिन्ता लिदै स्वास्थ्यलाभको कामना गरिरहेका छन् । उपचार जारी रहे पनि पहिलाकै आबस्तामा फर्किन भने सम्भव नरहेको उपचारार्थ चिकित्सकको भनाइ छ। उनि कोहि मान्छे चिन्ने र बोल्ने अवस्था मा छैनन । न त कुनै खाने कुरा नै खान सक्छन मात्र नाकबाट जुश खाना दिएर बचाई राखिएको छ ।उपचारमा अहिले सम्म ४० लाख भन्दा बढी खर्च भै सकेको परिवार ले जनाएको छ। रेग्मीको एक छोरा अहिले डाक्टर पढिरहेका छन भने छोरी नर्शिंग गर्दै चलचित्रमा पनि अभिनय गरिरहेकी छिन ।
बिसं २०२१ सालमा चितवनमा जन्मेका निर्देशक रेग्मीले प्रेम पूजाबाट लेखकका रुपमा चलचित्र छेत्रमा प्रवेश गर्दै ‘आफन्त’ फिल्ममा पहिलो पटक निर्देशन गरेका थिए। नेपाली फिल्म उधोगलाई रेग्मी आफन्त सहित सुख दु:ख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनियाँ, मानिस, साथी म तिम्रो लगायत सफल फिल्म दिएका छन् । निर्देशक रेग्मीको ‘पराई’, ‘मनले मनलाई छुन्छ’ नामक दुई फिल्म रिलिजको क्रममा छन् । पराई यहि आउदो पुष २६ बाट पर्दशनमा आउदै छ।

%d bloggers like this: