पछिल्लो समय बलिउडमा नयाँ सुन्दरी एली अब्राम खुबै चर्चामा छिन् । ‘बिग बोस’ को घरमा सहभागी भइसकेकी चर्चामा आएकी हुन् । स्मरणीय कुरा त के छ भने एलीदेखि अभिनेता सलमान खान फिदा नै भएका छन् । त्यसैले एलीको चर्चा झनै चुलिँदै गएको छ । सलमान एलीको तारिफ गरेर नथाक्ने भएका छन् । यतिसम्म कि सलमानलाई एली ठ्याक्कै बलिउड सुन्दरी क्याट्रिना कैफ जस्तै लाग्छ रे । यति भनेपछि त एलीले चर्चा नपाउने कुरै भएन । हिजोआज बलिउडको रंगीन संसारमा एली र सलमानकै मात्र कुरा हुने गरेको बताइन्छ । जब एली पहिलोपटक ‘बिग बोस’ को घरमा देखिइन् तब उनको तुलना क्याट्रिनासँग हुनथाल्यो तर एली भन्छिन्, ‘मेरो क्याट्रिनासँग तुलना हुनै सक्दैन ।’ फिल्म ‘मिक्की वायरस’ मार्फत बलिउडमा कदम चाल्दै गरेकी उनी ‘बिग बोस’ को गएको पछिल्लो संस्करणमा सहभागी थिइन् । त्यतिखेर एलीलाई अभिनेता सन्नी देओलले आफ्नो फिल्म प्रमोटमा ल्याएका थिए । तर त्यतिखेरै सलमानले एलीको तारिफ गर्दै भनेका थिए, ‘एली मलाई ठ्याक्कै ६ वर्षअघिको क्याट्रिनाजस्तै लाग्छ ।’ बलिउडकी सुन्दर अभिनेत्रीमध्येकी क्याट्रिनासँग आफ्नो तुलना भइरहँदा एली भन्छिन्, ‘साँच्चै क्याट्रिनाजस्तै देखिन्छु भने यो मेरो एकदमै ठूलो कम्पिलमेन्ट हो तर म आफूलाईै कहिल्यै पनि क्याट्रिनासँग तुलना गर्न सक्दिनँ । उनी ठूलो स्टार हुन् । उनले नाम र दाम कमाइसकेकी छन् । म भर्खरै आइरहेकी छु ।’ एलीले सलमानले आफ्नो तारिफ गरेको सन्दर्भमा भनिन्, ‘सँगै फिल्ममा काम गर्दा सहयोग र साथ अवश्य पाएकी थिएँ तर यतिधेरै तारिफ गर्नुहोला भन्ने त सोचेकी थिइनँ ।’ उनले ‘बिग बोस’ मा आउनअघिसम्म सलमानका बारेमा त्यति जानकार नरहेको सुनाउँदै भनिन्, ‘तर जब बिग बोसको घरमा भेट भयो, त्यसपछि राम्रो लाग्न थाल्यो ।’ हिजोआज बलिउडमा यतिसम्म हल्ला छ कि, सलमानले एलीलाई ऐश्वर्या र क्याट्रिनाको स्थानमा रिप्लेस गरे ।
ठ्याक्कै क्याट्रिना
Byadmin
Dec 13, 2013Related Post
एक्सन थ्रिलर ‘१२ गाउँ’को निर्माण घोषणा
Nov 30, 2023
‘तेल भिसा’मा विपिनको जोडी वर्षा, भदौ २८ मा रिलिज
Nov 29, 2023