Thu. Apr 18th, 2024

सुपरहिरोको कहानीमा बनेका ‘क्रिस ३’ले बलिउडमा तहल्का मच्चाएर गएको धेरै दिन भएको छैन । यो हप्ता नेपालमा पनि सुपरहिरोवाला फिल्म नै रिलिज हुने भएको छ । दुई पुस्ताका हिट अभिनेता राजेश हमाल र सौगात मल्ल एकै ठाउँमा रहेको फिल्म ‘सौर्य’ प्रदर्शन हुँदै छ । मार्कन्डेय दीपबिम बस्नेतद्वारा निर्देशित फिल्ममा राजेशले पृथ्वीनारायण शाहको सेनापतिको भूमिका निर्वाह गरेका छन् । फिल्ममा राजेश र सौगातबाहेक सुपरहिरोका रूपमा अनुपविक्रम शाहीले पनि अभिनय गरेका छन् । फिल्ममा कमेडी, एक्सन र ड्रामाको संयोजन रहेको बताइएको छ ।
राष्ट्र निर्माण गर्ने इतिहासका नायकहरूलाई अहिले बिर्सिएको छ । तिनै राष्ट्रनिर्माताको शक्ति र वर्तमान युगका पात्रहरूबीचको आपसी सम्बन्धको कथा बुनिएको फिल्मका लेखक सुभाÈसिंह बस्न्यात हुन् । नेपालकै स्रोतसाधनबाट बनेको ग्राफिक्स र एनिमेसनयुक्त पहिलो फिल्म पनि हो यो । फिल्ममा हेमा श्रेष्ठ, सुशील पोखरेल र रवीन्द्र खड्कालगायत कलाकारले अभिनय गरेका छन् ।

%d bloggers like this: