Fri. Apr 19th, 2024

युवा अबस्थामा देखिने सपनाहरूलाई बिषय बनाइ ‘पुन्टे परेड’ फिल्म निर्माण गरिने भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रम विच संयम पुरी र नयाँ अनुहार एञ्जिला दाहाललाई लिएर ‘पुन्टे परेड’ निर्माणको घोषणा गरिएको हो ।
‘पुन्टे परेड` हरेकको किशोराअवस्थाको कथा हो । कल्पनालाई यथार्थमा उतार्न किशोरकिशोरीले गर्ने प्रयासलाई फिल्ममा कमेडी तरिकाले प्रस्तुत गरिनेछ । निलु डोल्मा शेर्पाको कन्सेप्ट एबम शान बस्न्यातको कथालाइ निर्देशक सुवास कोईरालाको निर्देशन र हरि महतले निर्माण गर्नेछन् । निर्माणमा जयराम परियार , सन्तोष कुम्बा, क्षेत्र श्रेष्ठ र राजकुमार पटेलले पनि साथ दिंदैछन् ।
आगामी सोमबारबाट सुटिङ शुरू गरिने यस फिल्मका निर्देशक सुवास कोईरालाले बताए । उनले यसभन्दा पहिला अपबाद बनाएर चर्चा कमाएका थिए । यस्तै फिल्ममा नट्टु शाह, रबिन्द्र खड्का, गीता अधिकारी, स्वेता थापा लगायतको पनि अभिनय रहनेछ । अभिनेत्री प्रियंका कार्कीको बिशेष भूमिका रहने जानकारीमा आएको छ । ‘पुन्टे परेड’ लाई बाबु थापाले खिच्नेछन् भने संगीत तारा प्रकाश लिम्बु र टेकनन्द लामाको रहनेछ । उज्जवल ढकालले फिल्म सम्पादनमा पब्लिसिटी डिजाईन आनन्द महर्जनको हुनेछ ।

%d bloggers like this: