Thu. Mar 28th, 2024

अभिनयका विभिन्न स्वादिला परिकार पस्कन सिपालु बलिउड अभिनेत्री विद्या बालन यसपटक माग्ने भएकी छिन् । फिल्म ‘पा’मा एकल महिलाको भूमिकामा देखा परेर चर्चा बटुलेकी उनले ‘कहानी’मा बदलाको आगोमा राँक्किएकी हत्यारा, ‘डर्टी पिक्चर्स’मा उच्छृङ्खल अभिनेत्रीका रूपमा प्रस्तुत भएर सवत्र्र वाहवाही आर्जन गरेकी छिन् । यसपटक मगन्तेको भेषमा उत्रिएर उनले धेरैलाई चकित बनाएकी छिन् ।
सन् २०१४ मा रिलिज हुने भनिएको फिल्म ‘बबी जासुस’ मा उनी मगन्ते बनेकी हुन् । ‘फिल्म छायांकनका क्रममा विद्याले एउटा रेल–वे स्टेसनमा मगन्तेको भेषमा बस्नुपर्ने भयो । केटाको पहिरनमा देखिएकी उनी केटी हुन् भन्ने भेउ कसैले पाएन । एउटी महिलाले विद्याले थापेको टोकरीमा पैसा फालेर ‘यत्तिको बलियोबांगो भुसतिघ्रेले काम गर्न छोडेर माग्दै हिँडेको कति नसुहाएको !’ भन्दै फतफताउँदै हिँडिन् । विद्या मुसुमुसु हाँसिन्, आफ्नो परिचय दिइनन्,’ भारतको एक अनलाइनले लेखेको छ ।

%d bloggers like this: