Thu. Apr 25th, 2024

विभिन्न क्षेत्रमा आबद्ध युवतीलाई सुन्दरी प्रतियोगितामा समेट्ने क्रममा यति बेला भने नर्स पेशामा आबद्ध युवतीलाई सुन्दरी बन्ने अवसर जुर्दै छ । नर्सहरूको सुन्दरता र क्षमताको परख गर्न ‘मिस नर्स नेपाल २०७०’ हुने भएको छ । नेक्स्ट मोडल्स नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा माघ दोस्रो साता अन्तिम स्पर्धा हुने गरी आवदेन खुलेको हो ।
प्रतियोगितामा देशभरका ८० भन्दा बढी नसिर्ङ कलेजका विद्यार्थी तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्स सहभागी हुने आयोजकको दाबी छ । देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनोट भएका ३० उत्कृष्ट प्रतियोगीबीच अन्तिम स्पर्धा गराइने भएको छ । विभिन्न १२ विधामा उपाधि प्रदान गरिने बताइएको छ ।
प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपैयाँसहित नेपाल र अस्ट्रेलियामा अध्ययन छात्रवृत्ति पाउने आयोजकले जनाएको छ । प्रतियोगी छनोटका लागि मंसिर २८ गते पोखरामा, मंसिर २९ गते बुटवलमा, पुस १ गते चितवनमा, पुस ३ गते झापामा र पुस ६ गते काठमाडौँमा अडिसन लिइने बताइएको छ ।
प्रतियोगितामा भाग लिन इच्छुकले भजभबतिजलभधकउबउभच।अयm बाट आवेदन फारम डाउनलोड गरेर आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । आवेदन फाराम नेक्स्ट नेपालको बागबजारस्थित कार्यालय वा स्वास्थ्य खबरपत्रिकाको अनामनगरस्थित कार्यालयमा बुझाउनुपर्नेछ ।

%d bloggers like this: