Thu. Mar 28th, 2024

यतिखेर केकी कलाकार नृत्य रिहर्सलमा व्यस्त छन् । नायक गजिट विस्ट, हास्य अभिनेत्री कुञ्जना घिमिरे ‘सुन्तली’  नायिका नीता ढुंगाना, गम्भीर विस्ट, निश्मा घिमिरे, सन्दिप क्षेत्रीलगायतका कलाकार रिहर्सलमा व्यस्त भएका हुन् । उनीहरुको रिहल्सल कुनै चलचित्रका लागि होइन, कतारमा हुने नेपाली सास्कृतिक कार्यक्रमका लागि हो । नायक गजितले भने, ‘अहिले कतारमा हुने कार्यक्रमका लागि नृत्य रिहर्सल गर्दैछु ।’

१७ पुसमा कतारको राजधानी दाहामा हुन गइरहेको नपाली सांस्कृतिक कार्यक्रममा गायक सत्य–स्वरुपराज आचार्य, हास्य कलाकार सिताराम कट्टटेल,लोक गायक विरही कार्की, गायका रजिना रिमाल पनि जाँदैछन् । वेष्ट इन्ड पार्कको एम्फी थिएटरमा हुने कार्यक्रमा यी कलाकारले आ–आफ्नो तर्फबाट धमाका प्रस्तुत गर्ने भएका छन् ।
हुन त यी कलाकारका लागि कतार पहिलो कार्यक्रम भने होइन, अधिकांश कलाकारले कतारमा आफ्नो प्रस्तुति पस्किसकेका छन् । विदेशमा हुने कार्यक्रमबाट आम्दानी राम्रो हुने भएकाले चलचित्र छाडेरै कलाकार विदेश जाने गरेका छन् । त्यसैले अधिकांश कलाकार विदेश कार्यक्रम भनेभने हुरक्कै हुने गरेका छन् ।

गजितको यो कतार चौथो यात्रा हो । गजितको नृत्य राम्रो भएकाले पनि विदेश कार्यक्रमका लागि उनको डिमाण्ड बढ्दै गएको छ । गजित भन्छन्, ‘सायद मेरो नृत्य राम्रो होला, विदेशबाट निकै अफर आउन थालेको छ ।’ यसअघि तीनपटक कतार पुगेका गजितले त्यहाँ रहेका नेपालीबाट राम्रो रेस्पोन्स पाएको बताए ।


%d bloggers like this: