मोदीको नक्कल गरिएको कारण रोकियो ‘तीतोसत्य’
नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आइरहेको चर्चित हाँस्य टेलिचलचित्र ‘तीतोसत्य’को विहीबारको प्रशारण रोकिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरिएको कारण देखाइ ‘तीतोसत्य’को उक्त श्रृंखला प्रशारणमा रोक लगाइएको निर्माता–निर्देशक तथा कलाकार दीपकराज गिरीले बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरिएका कारण दुई भागको श्रृंखला प्रशारणमा रोक नेपाल टेलिभिजनले रोक लगाएको आरोप लगाएका छन्…