Fri. Apr 19th, 2024

८ बर्षिय बालक सौगात विष्टले निर्देशन गरेको चलचित्र लब यू बाबा यति बेला देशदौडाहामा हिडेको छ । चलचित्रलाई दर्शकको आखाँ सम्म पार्नका लागी विभिन्न ठाँउहरुमा पत्रकार सम्मेलन गर्दै चलचित्रको प्रचार प्रसारलाई तिव्रता दिने क्रममा चितवन पुगेको चलचित्र युनिटले पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी गराएको छ । पत्रकार सममेलनमा बोल्दै ८ बर्षिय निर्देशक सौगात विष्टले चलचित्रले एकपटक सबैलाई रुवाउने दाबी गरे । उनले भने -‘यस चलचित्र हेरिदिनु होला,मन परे अरुलाई पनि भनिदिनु होला मन नपरे मलाई भनिदिनु होला’- सौगातले भने । चलचित्र अरु निर्देशकले निर्देशन गरेको भन्दा फरक रहेको कारण एकपटक चलचित्र सबैले हेरिदिन समेत सौगातले आग्रह गरेका छन् । त्यस्तै चलचित्रका कलाकार तथा सौगातका बुबा गजित विष्टले चलचित्रले सबैको मन जित्नेमा आफु ढुक्क रहेको बताए । सेन्सर बोर्डका पदाधिकारीहरु फिल्म हेरेर रोएको बताउदै उनले फिल्मले हरेक दर्शकको मन छुने बताए । सबैलाई एकपटक फिल्म हेरिदिन पनि उनको आग्रह थियो । त्यस्तै चलचित्रकी निर्मात्री सम्झना पोखरेलले चलचित्रको गीत,संगीत देखी चलचित्रको कथा वस्तु निकै राम्रो भएका कारण यस चलचित्रले दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको बताएकी छिन् ।

Love-u-baba1कार्यक्रममा कलाकार संगम बिष्ट, पुस्कर रेग्मी लगायतको पनि उपस्थिति थियो । चलचित्र लब यू बाबा नेपालमा प्रदर्शन भएपछि उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाइने तरखर भइरहेको छ । चलचित्रमा गजित बिष्ट,संगम बिस्ट,निश्मा घिमिरे,अशिश्मा नकर्मी,बसन्त भट्ट,निर्मल शर्मा आदिको मुख्य भुमिका रहेको छ । गजित बिस्टको कथा र चलचित्रमा गम्भीर बिस्टले पटकथा तथा संबाद रहेको छ । चलचित्र लब यू बाबालाई दिव्यराज सुबेदीले खिचेको हुन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन,सत्य स्वरूप,डेनी निरौला,दिपक शर्मा,र प्रदिप बास्तोलाको संगीत रहेको छ भने कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाले गीत लेखेका छन् । चलचित्रका कास्टिङ डाइरेक्टर पत्रकार शान्तिप्रिय रहेका छन् भने अर्का पत्रकार सुब्रत आचार्य पनि अतिथी भुमीकामा देखा परेका छन् । त्यस्तै कलाकार अनु शाहले पनि चलचित्र लब यू बाबामा अतिथी भुमिकामा देखिएकी छिन् । एउटी आमा नभएकी बालिका जसलाई आमाको अभाब हुन नदिन आफ्ना बाबाले गरेको संघर्ष लार्इ को कथालाई चलचित्रले समेटेको छ ।

%d bloggers like this: