Thu. Apr 18th, 2024

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अलविदाको आइटम गीत रिलिज भएको छ । आभाष,तथास्तु सगँ एकसाथ प्रदर्शन आरम्भ गर्न लागेको चलचित्र अलविदाको हुन्छुकी म बदनाम नामक गीतमा कलाकार पल्लवी भट्ट,हसन खान,आर्यन सिग्देल लगायतका कलाकारहरु देखिएका छन् । निकै आर्कषक चलचित्रको आइटम गीतले दर्शकलाई नाच्न बाध्य बनाउने निर्माण युनिटले दाबी गरेको छ ।

aalbidaसार्वजनिक गीतमा रोहन नेपालीको नृत्य निर्देशन,मनिषा पोख्रेलको स्वर, ताराप्रकाश लिम्बुको संगीत, नरेश भट्टराइको शब्द रहेको छ । चलचित्र अलविदालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । अलबिदामा अनिता आचार्य, आर्यन सिग्देल र हसन खान लगायतका कलाकारहरुको अभिनय रहेको छ । एचआरके प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘अलबिदा’को कथा निर्माता समेत रहेका हसन खानले लेखेका हुन् । चलचित्रले हिन्दु र मुस्लिम यूवा–यूवतीविचको कथा बोकेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=LbIDguJ4src#t=114

%d bloggers like this: