Thu. May 2nd, 2024

award-in1विगत छ बर्ष देखी आयोजना गरिँदै आएको ‘डि सिने अवार्ड ०७१’ आज काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको छ । मुलतः विशुद्ध रुपमा चलचित्र उद्योगलाई समर्पित गर्दै निश्पक्ष एवं सम्मानजनक अवार्ड प्रदान गर्दै आइरहेको छायाँछविले यस पटकको अवार्ड कार्यक्रमपनि निश्पक्ष एवं सम्मानजनक भएको छायाँछवि क्रियशनका अध्यक्ष शान्ति प्रियले बताए । यस पटकको डि सिने अवार्ड ०७१ बाट नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी उत्कृष्ट नायक नायिका बन्न सफल भएका छन् भने यसबर्षको उत्कृष्ट चलचित्रमा मोक्ष अवार्ड हात पारेको छ । त्यस्तै अवार्ड समारोहमा क्रिटिक्स अवार्डबाट नायिकातर्फ नम्रता श्रेष्ठ, नायकतर्फ अर्पण थापा ले अवार्ड हात पारेका छन् भने छायांकारतर्फबाट संजय लामाले अवार्ड जित्न सफल भएका छन् । यस्तै, प्रोत्साहन अवार्ड फेशन डिजाइनर निलिमा शर्मालाई प्रदान गरिएको छ भने पब्लिक च्वाइस अवार्ड चलचित्र ‘मोक्ष’का कलाकार कोशिश क्षेत्रीले प्राप्त गरेका छन् । कार्यक्रममा ‘चलचित्रकर्मी रजत सम्मान’बाट अभिनेत्री मिथिला शर्मा र डिजाइनर सुन्दर श्रेष्ठ सम्मानित भएका छ भने ‘छायाँछवि पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार विदुर गिरीलाई नगद ६ हजार ६ सय ६६ सहित प्रदान गरिएको थियो । कार्यक्रममा ‘जुरी अवार्ड’बाट चलचित्र ‘मौन’का निर्देशक सुरज भुषाल पुरस्कृत भएका छन् ।

२२ विधामा वितरण गरिएको डि सिने अवार्ड २०७१ का विजेताहरु यस प्रकारका छन् ।
१.उत्कृष्ट ध्वनि मिश्रण : दीप तुलाधर – प्रोड्युसर
२.उत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की – छ एकान छ
३.उत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त – लोफर
४.उत्कृष्ट नृत्य निर्देशक : शंकर वि.सी. – जव साँझ पर्छ – बितेका पल
५.उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल – नाई नभन्नु ल २
६. उत्कृष्ट गायिका : दुर्गा परियार – महशुश
७. उत्कृष्ट गायक : प्रेम परियार – नाई नभन्नु ल २
८. उत्कृष्ट संगीतकार : वसन्त सापकोटा – नाई नभन्नु ल २
९. उत्कृष्ट नव नायिका : पुजा शर्मा – मधुमास
१०. उत्कृष्ट नव नायक : श्याम अर्याल – प्रोड्यूसर
११. उत्कृष्ट नव निर्देशक : प्रविण श्रेष्ठ – मोक्ष
१२. उत्कृष्ट खलपात्र : राजवल्लभ कोइराला – छ एकान छ
१३. उत्कृष्ट चरित्र अभिनय : शैलेश आचार्य – छ एकान छ
१४. उत्कृष्ट सह–अभिनेत्री : प्रियंका कार्की – नाई नभन्नु ल २
१५. उत्कृष्ट सह–अभिनेता : विल्सन विक्रम राई – प्रोड्यूसर
१६. उत्कृष्ट लेखन : दीपकराज गिरी – छ एकान छ
१७. उत्कृष्ट सम्पादन : विपिन मल्ल – बितेका पल
१८. उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान – छ एकान छ
१९. उत्कृष्ट नायिका : केकी अधिकारी – महशुश
२०. उत्कृष्ट नायक : आर्यन सिग्देल – महशुश
२१. उत्कृष्ट निर्देशक : विकास आचार्य –नाई नभन्नु ल २
२२. उत्कृष्ट चलचित्र : (मोक्ष)

%d bloggers like this: