Fri. Apr 19th, 2024

केहि दिन अगाडी सार्वजनिक गरेको तथास्तुको फष्टलुक पोष्टरमा नायिका रेखा थापालाई नै मुख्य केन्द्रविन्दुमा राखेर फष्टलुक पोष्टर रिलिज गरेको चलचित्र युनिटले ट्रेलरमा पनि नायिका रेखा थापालाई नै विषेश स्थानमा राख्दै चलचित्रको आर्कषक ट्रेलर रिलिज गरेको छ । चलचित्र युनिटले सार्वजनिक गरेको ट्रेलरमा नायिका रेखा थापाको आर्कषक एक्शन अवतार देख्न सकिन्छ । रेखाको एकशनले नै दर्शकको मन जित्नेमा निर्माणपक्ष विस्वस्त छ ।

rekha-tatasthuआफुले अभिनय गरेका पछिल्ला चलचित्रमा दबंग स्टाईलका देखा पर्ने नायिका रेखा चलचित्र तथास्तुमा पनि भरपुर एक्शनमा देखिने बताइएको छ । पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र तथास्तुलार्य सविर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र तथास्तु सगँ गोविन्द शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाष एक साथ रिलिज हुदैं छ । चलचित्रमा रेखाको अलवा किशोर खतिवडा, सुवास थापा, विज्ञान जोशी लगायतले अभिनय गरेका छन् । काठमाडौं, कालिञ्चोकमा सुटिङ गरिएको चलतित्र तथास्तु सविर श्रेष्ठले नै निर्माण गरेका हुन् । चलचित्रलाई जगदिश्वर थापाले लेखेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=HrcxSo3e3v0

%d bloggers like this: