Tue. Apr 23rd, 2024

करिब १० बर्ष सम्म निर्माता छविराज ओझाको जीवन संगीनि भएर विताएकी नायिका रेखा थापा अहिले एक्लै छिन् । केहि बर्ष अगाडी मात्र निर्माता छविराज ओझा सगँ औपचारिक रुपमा सम्बन्ध विक्षेद गरेपछि एक्लै जिन्दगीको यात्रा गरेकी नायिका रेखाले कलाकार विज्ञान जोशीलाई आफ्नो खाली सिउँदो भर्न अनुमती दिएकी छिन् । तर उनले वास्तविक रुपमा भने चै आफ्नो खाली सिउँदो भर्न अनुमती दिएकी होइन उनले चलचित्र तथास्तुको एक गीतमा कलाकार विज्ञानलाई उक्त कुरा भनेकी हुन् । पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र तथास्तुको ‘फूलको रंग’ नामक सार्वजनिक गीतमा रेखाले विज्ञानलाई उक्त अनुमती दिएकी हुन् । सार्वजनिक गीतमा नायिका रेखा थापा र विज्ञान जोशी देखिएका छन् । गीतले एकअर्काको प्रेमभावलाई देखाउन खोजेको छ । सार्वजनिक गीतमा सुमन कार्कीको गीत,बसन्त सापकोटाको संगीत र रामजी लामीछानेको नृत्य निर्देशन रहेको छ ।

tathastuभिनेत्री रेखा थापालाई एक्शन अबतारमा प्रस्तुत गरिएको चलचित्र ‘तथास्तु’ नारी द्वन्द्वप्रधान चलचित्र हो । अभिनेत्री रेखा थापाको शिर्ष भूमिका रहेको चलचित्रको यस अघि सार्वजनिक चलचित्रको ‘कहिले माया स्याड फेस‘ बोलको गीतले अहिले बजारमा राम्रै चर्चा पाउन सफल भएको छ ।चलचित्र ‘तथास्तु’ रेखाको अलाबा किशोर खतिवडा, सुवास थापा,विज्ञान जोशी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।फिल्म पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहे पनि हेलिकप्टरको दृश्य भने यसै साता मात्रै खिचिएको थियो । चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध ,रामजी लामिछाने र कविराज गहतराजको नृत्य,बसन्त सापकोटाको संगीत रहने चलचित्र तथास्तु छायांकन बाबु श्रेष्ठ र स्क्रिप्ट जगदिश्वेर थापाको रहेको छ । चलचित्रलाई रामहरी धितालले निर्माण गरेका हुन् । तथास्तुलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=nm432Bxm01Q&sns=fb

%d bloggers like this: