Sat. Apr 20th, 2024

नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आइरहेको चर्चित हाँस्य टेलिचलचित्र ‘तीतोसत्य’को विहीबारको प्रशारण रोकिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरिएको कारण देखाइ ‘तीतोसत्य’को उक्त श्रृंखला प्रशारणमा रोक लगाइएको निर्माता–निर्देशक तथा कलाकार दीपकराज गिरीले बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचर गरिएका कारण दुई भागको श्रृंखला प्रशारणमा रोक नेपाल टेलिभिजनले रोक लगाएको आरोप लगाएका छन् । दिपकले भनेका छन् ‘त्यही टेलिभिजनमा नेताहरु एकअर्काविरुद्ध गालीगलौजमा उत्रिएको कार्यक्रम प्रशारण हुन्छ, सेन्सर लाग्दैन दिपकले भने ।

Deepak_20130702091216भारतमा समेत मोदीको क्यारिकेचर हुने गरेको भन्दै उनले आफ्नो श्रृंखला प्रशारणमा रोक लगाउनु प्रचलन विपरित भएको दाबी गरे । उनले टेलिभिजन प्रशासनले ‘भारतीय प्रधानमन्त्री जस्तो व्यक्तिको क्यारिकेचर गर्नु हुन्न’ भन्दै श्रृंखलाको उक्त भाग प्रशारणमा रोक लगाएको आफ्नो फेसबुक स्टाटसमा समेत उल्लेख गरेका छन् । ‘तीतोसत्य’को उक्त भागमा नेपाल–भारत सम्बन्धमा आँच आउने कुनै विषय नभएको भन्दै मोदीलाई पनि नराम्रो रुपमा प्रस्तुत नगरिएको दाबी गिरीले गरेका छन् । ‘संवाद हिन्दी भयो पनि भनियो, मोदीको अभिनय गर्दा सायद भाषा चाइनिज हुन सक्दैन’–दीपकले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

%d bloggers like this: