Mon. May 6th, 2024

नायिका रेखा थापा जुन चलचित्रमा अभिनय गर्छिन त्यो चलचित्रमा नायकको भन्दा पनि बढि नायिका रेखा थापाकै चर्चा हुन्छ । पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र तथास्तुमा पनि अरु कलाकारहरुको भन्दा नायिका रेखा थापाकै चर्चा बढि छ । अझ मंसिर १५ गते नायिका रेखा थापाका लागी चलचित्रको निर्माणपक्षले हेलिकप्टरनै भाडामा लिएर रेखालाई उढाएपछि भने अर्को चर्चा फेरी चुलिएको छ । तर नायिका रेखाले आफ्नो व्यक्तिगत प्रयोजनका लागी भने हेलिकप्टरमा उढेकी होइनन । चलचित्र तथास्तुको एक दृश्यका लागी नायिका रेखा थापा त्रिभुवन विमानस्थलबाट भक्तपुरको तेलकोट डाँडासम्म हेलिकप्टरमा उढेकी छिन् । एउटा चलचित्रको दृश्य खिच्न हेलिकप्टरनै भाडामा लिएर जानुको कारण भने चलचित्रको निर्माणपक्षले खुलाउन चाहेको छैन ।

rekha-thapa-in-helicopterचलचित्रका निर्माता तथा निर्देशक सविर श्रेष्ठका अनुसार चलचित्र हेरेपछि मात्र त्यसको महत्व बुझ्ने बताउछन् । तस्विरमा बुझ्न आए अनुसार रेखा तेलकोट डाँडामा हेलिकप्टर ल्याण्ड गरेपछि रेखाले नायक किशोर खतिवडालाई भेटेको देख्न सकिन्छ । निकै महंगो खर्चमा खिचिएको उक्त दृश्यले चलचित्र अझै राम्रो बन्ने निर्माणपक्षले दाबी गरेको छ । निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको चलचित्र तथास्तु नारीप्रधान कथा रहेको बताइएको छ । पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र तथास्तु सगँ गोविन्द शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाष एक साथ रिलिज हुदैं छ । चलचित्रमा रेखाको अलवा किशोर खतिवडा, सुवास थापा, विज्ञान जोशी लगायतले अभिनय गरेका छन् । काठमाडौं, कालिञ्चोकमा सुटिङ गरिएको चलतित्र तथास्तु सविर श्रेष्ठले नै निर्माण गरेका हुन् । चलचित्रलाई जगदिश्वर थापाले लेखेका हुन् ।

%d bloggers like this: