Tue. Apr 23rd, 2024

गांगनम स्टाइलका प्राय गीत,संगीतहरु नेपाली दर्शक,स्रोताको मनमा मात्र होइन संसारभर राज गरेको छ । गांगनम स्टाइलको गीत,संगीतका फ्यानहरु संसारभर मै असंख्य छन् । उनका गीत,संगीतले जती चर्चा पाउछन् सायद त्यो चर्चा कुनै पनि गायक वा कलाकारले पाउन निकै गाह्रो मात्र होइन असम्भब बन्दै गएको छ । दक्षिण कोरियाली पप गायक साइुको म्युजिक भिडियो गांगनम स्टाइलको चर्चा हिजोआज पनि उस्तै छ जति पहिला थिए । उनको गीत संगीतको चर्चा संसारभर चल्ने गर्छ । उनका असंख्य गीत,संगीतहरुले विभिन्न रेकर्डहरु राखिरहेको अबस्थामा उनको अर्को नयाँ गीतले युट्युबको भ्यु काउन्टर नै विगारिदिएको छ ।

hhhअर्थात भनौ युट्युबमा गन्न नसक्ने गरि दर्शकको भ्यु बढेपछि उक्त दर्शकको संख्या गन्न समेत नसकिने भएको छ । भिडियो सेयरिङ साइट युट्युब नौ वर्षअघि सुरु हुँदा कुनै पनि भिडियो २ अर्बभन्दा बढी पटक हेरिएला भन्ने कल्पनै गरिएको थिएन । तर ३२ बिटको इन्टिगर अनुसार बढीमा २,१४,७४,८३,६४७ डाटा स्टोर हुन्छ। भन्नुको अर्थ युट्युबले २ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६४७ भन्दा बढी भ्यु स्टोरै गर्न सक्दैन थियो। तर गांगनम स्टाइलले यो सीमालाई पार गरेपछि युट्युबले गुगलप्लससँग थप सर सल्लाह गरेको बताइएको छ । हाल युट्बमा ९२,२३,३७,२०,३६,८५,४७,७५,८०८ सम्मको भ्यु काउन्ट हुने सिस्टको विकाश गरिएको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=9bZkp7q19f0

%d bloggers like this: