Wed. May 1st, 2024

पछिल्लो समय एक चलचित्र अर्को सगँ प्रतिस्पर्दा गर्दै एकै मितिमा प्रदर्शनमा आउनु अहिले बाध्यात्मक अबस्था जस्तै बनिसकेको छ । अहिले एउटा मात्र पनि चलचित्रले सोलो रिलिजको मौका पाउँनु पनि भाग्य मानिन्छ त्यहि क्रममा आजबाट दुई चलचित्र अलनेपाल रिलिज भएका छन् । १२ बर्षपछि निर्देशन कार्यमा फर्किएका निर्देशक शम्भु प्रधानले निर्देशन गरेको चलचित्र रंग बैजनी सगँ नायक आर्यन सिग्देल अभिनित चलचित्र नाईकेले आजबाट देशभर प्रदर्शनको आरम्भ गरेको छ । दुवै चलचित्रलाई यति बेला चलचित्रका विश्लेषकहरुले विषेश चलचित्र रहेको बताउदैं आएका छन् । १२ बर्ष अघि १ दर्जन भन्दा बढि बल्कमास्टर चलचित्र दर्शक माझ प्रस्तुत गरेका निर्देशक शम्भु प्रधानले चलचित्र रंग बैजनीलाई विषेश चलचित्र रहेको बताउदैं आएका छन् भने नायक आर्यन सिग्देल पहिलो पटक गुण्डा नाईकेको भुमिकामा देखिएका कारण चलचित्र नाईके पनि विषेश चलचित्र भएको आर्यनले बताएका छन् । यि दुई चलचित्रको महायुद्ध आजबाट सुरु भएको छ । यि दुई चलचित्र मध्य कस्ले बाजी मार्ला त्यो भने भोलीको दिनले नै देखाउनेछ ।

यस्ता छन् आजबाट अलनेपाल रिलिजमा आएका दुई चलचित्र ‘रंग बैजनी’ र ‘नाईके’ 

 rang baijaniचलचित्र रंग बैजनी

‘रंग बैजनी’लाई नुतन टेलीफिलिम्सको ब्यानरमा नुतन प्रधानले निर्माण गरेकी हुन्  । नुतन शम्भु प्रधानको श्रीमती समेत हुन् । चलचित्रलाई नुतनले नै लेखेकी हुन् । चलचित्रमा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीको मुख्य अभिनय रहेको छ । शम्भु प्रधानका  छोरा शशांक प्रधानले यस चलचित्र मार्फत सिनेम्याट्रोग्राफीमा डेब्यु  गरेका छन् ।चलचित्रमा नुतन प्रधानको कथा,शब्द तथा कोरियोग्राफी , मित्र गुरुङको सम्पादन र दीपप्रधानको संगीत रहेको छ  ।

 naikeचलचित्र नाईके

चलचित्र नाईकेमा आर्यन सिग्देल,रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की, विजयराज सेन्चुरी, सारिका केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । नाईकेलाई अर्जुन तिवारीले खिचेका हुन् । पोखरा आसपासमै सुटिङ भएको यो फिल्ममा चारवटा गीत समावेश छन् । ताराप्रकाश लिम्बु, योगेश काजी बिसी र रमण गायकको संगीत रहेको गीतहरुमा कोरियोग्राफि भने रोहन नेपालीको छ । फिल्ममा सानुकुमार द्वन्द निर्देशन गरेका छन् । राजिव श्रेष्ठको निर्माण संयोजनमा बनेको फिल्ममा विष्णु हमाल कार्यकारी निर्माता हुन् । जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीको समेत फिल्ममा लगानी रहेको छ । नेत्र गुरुङले निर्देशन गरेको चलचित्र नाईके ७० लाखमा निर्माण भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

%d bloggers like this: