Sat. Apr 27th, 2024

काठमाडौं / आगामी फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘रङ्गेली’को थप दुईवटा नयाँ पोस्टर सार्वजनिक भएका छन् । एउटामा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापालाई क्रोधित मुद्रामा आमने-सामने देखाइएको छ । उनीहरु ग्याङस्टार लुक्समा प्रस्तुत छन् । अर्को पोस्टरमा अभिनेत्री मिरुना मगरसँग दयाहाङको प्रेम देखाउन खोजिएको छ । दुवै निराश मुद्रामा चित्रित छन् ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा प्रवीण खतिवडा, रमेश बुढाथोकी, रबीन बोगटी लगायतको पनि अभिनय रहेको छ । ग्याङस्टार कथामा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाई र रमेश भट्टराई वशिष्ठ छन् ।

युवक कार्की र शिव शंकर चौलागाई सह-निर्माता रहेको ‘रङ्गेली’का एशोसियट निर्माता विवेक खड्का (योलो) हुन् । सुशन प्रजापतिको छायांकन रहेको सिनेमाका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ ।

अमेरिकामा कलाकारसहित सिनेमाको प्रिमियर आयोजना गरिँदैछ । जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाई र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले सिनेमा रिलिज गर्दैछन् ।

One thought on “‘रङ्गेली’ पोस्टरमा क्रोधित मुद्रामा दयाहाङ र अर्पण”

Leave a Reply

%d bloggers like this: