Thu. May 9th, 2024

काठमाडाैँ । वितरक गोविन्द शाहीको कम्पनी काफिया फिल्मसले नेपालमा ल्याएको बलिउड फिल्म ‘ड्रिम गर्ल २’ले सुखद सुरूवात गरेको छ । प्रदर्शनको दोश्रो दिनमा फिल्मले उत्कृष्ट व्यापार गरेको वितरक शाहीले जानकारी दिएका छन् ।

भारतमा हाउसफुल प्रदर्शन भइरहेको फिल्मले नेपालमा पनि सोही शैलि समातेको छ । नेपालका हलहरूमा दर्शकहरूले फिल्म हेरिसकेपछि उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

बलिउडका नामी कलाकारहरूको अभिनय रहेको ‘ड्रिम गर्ल २’ शुक्रबारबाट विश्वभर प्रदर्शन भइरहेको छ । पहिलो फिल्म हिट भएपछि ‘ड्रिम गर्ल २’ निर्माण गरिएको हो ।

फिल्ममा आयुष्मान खुराना, अनन्या पाण्डे, अन्नु कपुर, परेश रावल, अभिषेक बनर्जी, विजय राज, राजपाल यादव, मनोज जोशी र सिमा पौवा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको निर्देशन राज सान्डियालले निर्देशन गरेका हुन् भने निर्माता एकता कपुर हुन् ।

नेपाली फिल्म वितरण गर्ने शाहीले पहिलो पटक विदेशी फिल्म वितरण गरेका हुन् । उनकै वितरणमा गत साता ‘घूमर’ पनि नेपालमा प्रदर्शन भएको थियो । यद्यपी, उक्त फिल्मले भने नेपाली बजारमा मध्यमस्तरको मात्रै व्यापार गर्यो ।

तर, ‘ड्रिम गर्ल २’ले भने प्रदर्शनको सुखद यात्राको छनक देखाएको छ । यस फिल्मको प्रदर्शनको मूल्याङ्कन गर्दा वितरक शाही पहिलो कदममै सुखद् नतिजाको स्वाद लिने देखिएका छन् ।

चलचित्रमा अभिनय समेत गरेका शाहीले नेपाली फिल्म बजारमा कैयाैँ ब्लगबस्टर फिल्महरू दिएका छन् । उनले वितरण गरेका फिल्महरूले शाहीलाइ ब्लगबस्टर फिल्म डिस्ट्रिब्युटरको अवार्ड समेत दिलाएका छन् ।

Leave a Reply

%d bloggers like this: