Thu. May 9th, 2024

काठमाडाैँ । सन्नी देओलको फिल्म ‘गदर २’ ले बक्स अफिसमा धेरै कमाइ गरेको छ । तर, तेस्रो हप्तामा प्रवेश गरेलगत्तै यो फिल्मको कलेक्शन घटेको छ।

सन्नी देओलको फिल्म ‘गदर २’ ११ अगस्टमा हलमा रिलिज भएको थियो । त्यसयता यो फिल्मले बक्स अफिसमा तुफान कमाई गरिरहेको छ । चलचित्रले दर्शकको अत्याधिक माया पाएको छ भने ४ सय करोड भन्दा बढी कमाई गरेर इतिहास रचेको छ ।

यी सबैको बीचमा आयुष्मान खुराना स्टारर मोस्ट अवेटेड फिल्म ‘ड्रिम गर्ल २’ पनि यही शुक्रबार हलमा रिलिज भएको छ । अहिले ‘ड्रिम गर्ल २’ ले ‘गदर २’ को कमाईमा ठूलो प्रभाव पारेको छ ।

‘गदर २’ ले रिलिजको १५ औं दिनमा कति कमायो ?

‘गदर २’ हलमा रिलिज भएको दुई साताभन्दा बढी भइसकेको छ । यस अवधिमा यो फिल्मले धेरै कीर्तिमान आफ्नो नाममा बनाएको छ ।

गदर २’ पनि शाहरुख खानको पठानपछि २०२३ को दोस्रो धेरै कमाउने फिल्म बनेको छ । तर, तेस्रो हप्तामा प्रवेश गरेसँगै फिल्मको कमाईको गति पनि सुस्त हुन थालेको छ ।

तेश्रो हप्तामा कमाइ सुस्त हुनुमा युष्मान खुराना स्टारर ‘ड्रिम गर्ल २’ रहेको छ । यो फिल्मले आक्रामक व्यपार गर्दै ‘गदर २’को बजारमा कब्जा जमाउन थालिसकेको छ।

स्याकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्ट अनुसार ‘गदर २’ ले रिलिजको १५ औं दिनमा मात्रै ६.७० करोडको व्यापार गरेको छ । योसँगै ‘गदर २’ को १५ दिनको कुल कमाई अहिले ४२५.८० करोड रुपैयाँ पुगेको छ ।

‘गदर २’ ले पार गर्ला ५०० करोडको आँकडा ?

‘गदर २’ को तेस्रो हप्तामा बक्स अफिसमा कमाई घटे पनि फिल्मको क्रेज भने उस्तै छ । यो साताको अन्त्यमा फिल्मको कमाईमा फेरि एकपटक उछाल आउने र करोडौं कमाउने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा ‘गदर २’ ले ५ सय करोडको नजिक पुग्न सक्ने अनुमान गरिएको छ ।

‘ड्रिम गर्ल २’ को आँधीमा ‘गदर २’ उड्ला ?

यसमा कुनै शंका छैन कि आयुष्मान खुराना पनि उनको २०१९ हिट फिल्म ड्रीम गर्लको सिक्वेल ‘ड्रिम गर्ल २’ मार्फत सिनेमा हलमा पुनः इन्ट्रि गरेका छन् ।

यो फिल्मले पहिलो दिन राम्रो कमाई गरेको छ । अब यी चलचित्रले विकेन्डमा के गज्जब प्रदर्शन गर्न सक्छन्, त्यो हेर्ने विषय हो । ‘ड्रिम गर्ल २’ को आँधीमा ‘गदर २’ उड्छ कि बक्स अफिसमा फेरि केही अचम्मको प्रदर्शन गर्छ ? सबैको नजर यसैमा केन्द्रित छ ।

नेपालको अवस्थामा पनि ‘ड्रिम गर्ल २’को क्रेजले राम्रो संकेत देखाएको छ । कमेडी र रोमान्स जनरको फिल्म पर्खेर बसिरहेका नेपाली दर्शकहरूका लागि यो फिल्मले ठूलो राहत दिएको छ । त्यस्तै, फिल्म हेरिसकेपछि दर्शकहरूले फिल्मको तारिफ गरिरहेका छन् ।

Leave a Reply

%d bloggers like this: