Thu. May 9th, 2024

काठमाडाैँ । बलिउड फिल्म ‘ड्रिम गर्ल २’ रिलिज भएको छ । सुपरस्टारले भरिएको यो फिल्म नेपाल र भारतसहित विश्वव्यापी रूपमा प्रदर्शन सुरू भएको हो ।

नेपालमा यो फिल्मको राइट गोविन्द शाहीले काफिया फिल्मसमार्फत खरिद गरेका छन् । गत हप्ता उनकै वितरणमा नेपालभर ‘घूमर’ पनि प्रदर्शन भएको थियो । नेपाली क्रिकेट टोलीका सदस्यहरूले पनि उक्त फिल्मको विशेष शो हेरेका थिए ।

‘ड्रिम गर्ल’ विश्वव्यापी रूपमा सफल भएको थियो । ‘ड्रिम गर्ल २’ सोही  फिल्मको सिक्वेल हो ।

फिल्ममा आयुष्मान खुराना, अनन्या पाण्डे, अन्नु कपुर, परेश रावल, अभिषेक बनर्जी, विजय राज, राजपाल यादव, मनोज जोशी र सिमा पौवा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको निर्देशन राज सान्डियालले निर्देशन गरेका हुन् भने निर्माता एकता कपुर हुन् ।

Leave a Reply

%d bloggers like this: