Wed. May 8th, 2024

काठमाडाैँ । फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमा ‘मायालाई चिनो’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा स्वर र संगीत बबुल गिरीको रहेको छ। त्यसैगरी गीतको शब्द भने शंकर अधिकारी (घायल)ले कोरेका हुन् । त्यसैगरी, गीतमा अभिनय निर्देशन भने कविराज गहतराजले गरेका छन्।

त्यस्तै, गीतको भिडियोमा सुहाना थापा र धीरज मगरलाई फिचर्ड गरिएको छ ।

यसअघि एक भगवत् गीता’ को पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। सार्वजनिक पोस्टरमा धिरज र सुहानको प्रेमलाइ देख्न सकिन्छ भने अर्कोमा ट्रान्सजेन्डर महिलाको भूमिकामा प्रस्तुत भएका विपिन कार्कीलाइ देख्न सकिन्छ।

चलचित्र ‘भगवत गीता’ को १ मिनेट ३२ सेकेण्डको टिजर यसअघि नै सार्वजनिक गरिएको थियो। सुनिल थापाद्वारा निर्मित तथा झरना थापाद्वारा निर्देशित फिल्ममा कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर, धिरज ठाकुरलगायतको अभिनय छ।

फिल्म भदाै २९ गते रिलिज हुने तय भएको छ ।

 

Leave a Reply

%d bloggers like this: