Sat. May 18th, 2024

काठमाडाैँ। भोली अर्थात् १३ फेब्रुअरीदेखि ‘नेपाल सिनेमा फेस्ट २०२३’ सुरू हुने भएको छ। चलचित्र विकास बोर्डले सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा दुबईमा सिनेमा फेस्ट आयोजना गर्ने भएको हो।

सिनेमा फेस्ट २०२३ का लागि नेपाली सिने क्षेत्रका व्यक्तिहरू दुबई पुग्नेक्रम सुरू भइसकेको छ। यस फेस्टमा कलाकार, संगितकार, वितरक र निर्माताहरूको व्यापक सहभागिता हुने बताइएको छ।

चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित ‘नेपाली सिनेमा फेस्ट २०२३’ गर्ने भएको हो। यसका लागि बोर्ड र सुर्य कर्पोरेशनबीच सम्झाैता भएको छ। कार्यक्रमको ब्यवस्थापन कर्पोरेशनले गर्ने भएको छ।

सुचना तथा संचार प्रविधि मन्त्रालयका सचिव र चलचित्र विकास बोर्डका अध्यक्षबीचको कार्ययोजना अनुसारको बोर्डको बार्षिक कार्यक्रम अन्तर्गत नीजि क्षेत्रसँगको सहकार्यमा अन्तराष्ट्रिय स्तरमा कार्यक्रम आयोजना हुने शिर्षकमा यो कार्यक्रम आयोजना हुन लागेको बताएका थिए।

फेब्रुअरी १३ देखि १५ सम्म हुने कार्यक्रममा अरबी भाषामा सबटाईटाल गरी नेपाली चलचित्रको प्रदर्शनी, नेपालबाट जाने तथा युएईमा नै रहने कलाकारहरुको विभिन्न प्रस्तुतीहरु, युएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायांकन सुविधा पहलको लागि त्यहाँको सरकारका प्रतिनिधिहरु, त्यहाँस्थित नेपाली दुतावास, व्यापारी, बिशिष्ट व्यक्तिहरु तथा कलाकर्मीहरूबीच अन्तर्क्रिया हुने जानकारी दिइएको छ।

कार्यक्रममा ‘फिल्मीङ् डेष्टिनेशन अफ नेपाल’ परियोजना अन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कुटनितिक अधिकारीहरुको साथमा अरबी भाषामा सबटाईटल गरी प्रदर्शन हुनेछ ।

Leave a Reply

%d bloggers like this: