Sat. May 18th, 2024

काठमाडाैँ। फिल्म ‘भगवत् गीता’को छायांकन सुरू गरिएको छ। जनकपुरस्थित राम मन्दिरबाट शुक्रबारदेखि फिल्मको छायांकन सुरू गरिएको हो।

फिल्ममा विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहनेछ।

फिल्मको निर्देशक भने झरना थापाले गर्नेछिन्। शुक्रबार राम मन्दिरमा निर्माण पक्षले क्यामेरा र स्क्रिप्ट पूजा गरेर फिल्मको छायांकन सुरू गरेको हो।

फिल्मको पहिलो चरणको छायांन जनकपुरमा गर्ने र त्यसपछि काठमाडाैँ र मुस्ताङ लगायत क्षेत्रमा समेत फिल्मको छायांकन गरिने बताइएको छ।

प्रेमकथामा आधारित रहने सिनेमामा धिरज र सुहाना प्रमुख भूमिकामा रहनेछन्। यी २ को यो नै पहिलो फिल्म समेत हो।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा सुनिल कुमार थापाको निर्माण रहनेछ।

निर्देशक थापाले यसअघि ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ निर्देशन गरिसकेकी छन्। उनका सबै फिल्म हिट समेत भएका छन्।

 

Leave a Reply

%d bloggers like this: