Sat. May 18th, 2024

काठमाडाैँ। फागुन ५ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘फुलबारी’ को टिकट बुकिङ सुरू भएको छ। आइतबार फिल्मको निर्माण टिमले बुकिङ सुरू भएको जानकारी दिएको हो।

यस अघि निर्माण टिमले केहि पोस्टरहरु र ट्रेलर सार्वजनिक गरिसकेको छ। फिल्ममा बिपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की र दयाहाङ राइ मुख्य पात्रका रूपमा रहेका छन्।

यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई मनिष ढकालले निर्माण गरेका हुन् भने फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माता रुपमा देखिएका छन। फिल्ममा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । रामबाबु गुरुङ गुरुङ निर्देशित फिल्ममा विपिन, दयाहाङ, प्रियंका,अरुणाका अलावा शिल्पा मास्के, गौमाया गुरुङका अलावा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय रहनेछ।

Leave a Reply

%d bloggers like this: