Wed. May 1st, 2024

काठमाडाैँ। अभिनेत्री करिश्मा मानन्धरले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन्। उनले युट्युबमा अभिव्यक्ति दिएर चर्चामा आइरहने डिल्लिराम खनालविरूद्ध उजुरी दिएकी हुन्।

मानन्धर अमेरिकामा बस्दा लिभिङ टुगेदर बसेको भन्दै खनालले करिश्मा युट्युबमा अन्तर्वार्ता दिएका थिए।

साइबर ब्युरोमा उजुरी दिएपछि अभिनेत्री मानन्धरले लेखेकी छिन्, ‘उहाँ को हो ? यो अत्ति भयो । भैहाल्यो भने !! कलाकारलाई येस्तै भन्छन् भने सहे !! सहे । हिजो साइबर ब्युरोमा निवेदन हालेको छु । हेरु नेपाल को कानुन कत्तिको बलियो छ । म हिन्दु हुँ । यो विचारलाइ नै विस्वास न गर्ने व्यक्ति हुँ । यो अती भयो । म मेरो संसारमा खुसी छु ।’

Leave a Reply

%d bloggers like this: