Fri. Apr 26th, 2024

काठमाडाैँ । फिल्म ‘कबड्डी ४’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार युट्युब मार्फत ‘केशरी’ बोलको गीत सार्वजनिक गरेको हो ।

केशरीमा सौगात मल्ल र मिरुना मगरको अभिनय छ । राम अविरलको शब्द रहेको केशरीमा एसडी योगीले संगीत र स्वर दिएका छन् भने रिकेश गुरुङको एरेन्ज छ ।

सौगात मल्ल मिरुना मगरसहित दयाहाङ राई, बुद्धि तामाङलगायतले अभियन गरेको यो फिल्म जेठ १३ गते रिलिज हुने तयारीमा छ । करीब २ महिना पहिले यो फिल्मको टिजर सार्वजनिक भएको छ ।

उक्त टिजरले २४ लाख भन्दा बढी भ्युज पाइसकेको छ । त्यसैगरी, सोमबार सार्वजनिक भएको गीतले पनि यो समाचार तयार पार्दासम्म ३ लाख ६५ हजार भन्दा बढी भ्युज पाइसकेको छ ।

Leave a Reply

%d bloggers like this: