Sat. May 18th, 2024

काठमाडाैँ । फिल्म ‘लप्पन छप्पन २’ को रिलिज डेट सरेको छ । १३ फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म सरेर २० फागुनमा पुगेको हो । नेपाल चलचित्र संघले १३ फागुनमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने भएपछि ‘लप्पन छप्पन २’ सारिएको निर्माण युनिटले जनाएको छ ।

मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय छ ।

कोरोनाका कारण पटक–पटक रिलिज सर्दै आएको फिल्म गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको हो । फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति शिवाकोटी हुन् ।

चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोष चन्द्र निर्माता रहेको ‘लप्पन छप्पन २’ मा पुरुषोत्तम प्रधानको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन छ ।

Leave a Reply

%d bloggers like this: