Sun. Apr 28th, 2024

काठमाडाैँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही–४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिवशंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा ५ सय १३ मत प्राप्त गरी विजयी भएका हुन् । मंगलबार सर्लाही–४ को गोडैता नगरपालिका–५ स्थित एक विद्यालयमा अधिवेशन सम्पन्न भएको थियो ।

उनी बरहथवा नगरपालिका(१५ निवासी हुन् । उनी सर्लाहीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा दोस्रोपटक निर्वाचित भएका हुन् । उनले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिस्पर्धाको रूपमा बुझ्न आग्रह गरे ।

‘लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिस्पर्धा गर्छौं । तर, नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन्,’ रिजालले भने ।

नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका रिजाल सर्लाही–४ बाट क्रियाशील सदस्य छन् ।

Leave a Reply

%d bloggers like this: