Sat. Sep 23rd, 2023

एजेन्सी । तेलगु भाषामा बनाइएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर सार्वजनिक भएको छ। बहुबली फिल्मका निर्देशक एसएस राजामौलीको निर्देशनमा बनेको उक्त फिल्मलाई यस वर्षको सबैभन्दा बढी बहुप्रतीक्षित फिल्म मानिएको छ।

डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिका छ। फिल्ममा अजय देवगनका साथै आलिया भट्टको पनि अभिनय देख्न सकिन्छ।

चार सय करोड भारुमा बनाइएको फिल्मको रिलिज डेट भने ७ जनवरी २०२२ लाई तोकिएको छ।

Leave a Reply

%d bloggers like this: