Sun. May 5th, 2024

काठमाडाैँ । इजरायली राजदूतावासले काठमाडौँमा १३ औं इजरायली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ । राजदूतावासले इन्टरनेशनल साउण्ड सर्भिसेसको प्रावधिक सहकार्यमा महोत्सव गर्न लागेको हो ।

मंसिर १० देखि ११ गते अर्थात (२६–२७ नोभेम्बर २०२१) मा होटल सोल्टी प्राङ्गणमा आयोजना हुने महोत्सवमा नेपालका एक पृथक किसिमको चलचित्र शो ‘ड्राइभ–इन शो’ भित्र्याउने प्रयास हो । विश्वमा ‘ड्राइभ–इन शो’ नौलो होइन । तर नेपालमा भने यो पहिलोपटक आयोजना हुँदैछ ।

आफ्नै गाडीभित्रको सुरक्षित घेरामा बसेर हेर्ने ‘ड्राइभ–इन शो’ ले कोरोनाका कारण शिथिल भएका फिल्म क्षेत्रलाई टेवा दिने अपेक्षा राखिएको इजरायली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

आफ्नो परिवारसँग बसेर सामाजिक दूरी कायम राखेर चलचित्र हेर्न चाहने कुनैपनि व्यक्तिको लागि यो शो खुला रहनेछ । तर आफ्नो पार्किङ स्थान सुरक्षित गर्नको लागि सोल्टी होटलको वेबसाइटबाट गई फर्म भर्नुपर्नेछ । यस्ता सांस्कृतिक महोत्सवले दुई देशका जनता बीचमा प्रगाढ सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने विश्वस्त राजदूतावासले लिएको विज्ञप्तीमा उल्लेख छ । यो समाचार रातोपाटीमा छ ।

Leave a Reply

%d bloggers like this: