Thu. Apr 25th, 2024

एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित क्रिकेट खेलाडी एबी डिभिलियर्सले क्रिकेटका सबैखाले प्रतियोगिताबाट सन्यास लिएको घोषणा गेरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत ३८ वर्षीय डिभिलियर्सले सबैखाले क्रिकेट प्रतियोगिताबाट सन्यास लिने घोषणा गरेका हुन् ।

उनले दक्षिण अफ्रिकाका लागि २२८ एकदिवसीय, ११४ टेष्ट र ७८ टी–२० म्याच खेलेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट उनले यसअघि नै सन्यास लिइसकेका छन् ।

डिभिलियर्सले आफ्नो क्रिकेट करियरमा आईपीएल, बीबीएल, सीपीएल, पीएसएल, बीपीएलसहित चर्चित फ्रेन्चाइज लिगमा प्रदर्शन गरेका छन् ।

Leave a Reply

%d bloggers like this: