Sun. May 5th, 2024

काठमाडाैँ । अभिनेत्री रीस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’ आगामी १८ चैत्र अर्थात अप्रिल १ तारिखबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बिहीबार फिल्मको पोष्टर फष्ट लुक्सको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति समेत बाहिर ल्याएको हो ।

फिल्म एकसाथ देशभर रिलिज हुने वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले बताए । सरु र प्रमिला नाम गरेका दुई साथी एक अपराधिक गिरोहद्वारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा फिल्म निर्माण भएको हो ।

फिल्ममा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माता रहेको फिल्ममा रीस्ताको अलवा सुनिसा बजगाईँ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: