Sun. May 5th, 2024

काठमाडाैँ । नेपाली सिनेमा ‘चपली हाइट-३’को प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षले पाैष १७ अर्थात् डिसेम्बर  २ मा फिल्म हलहरूमा प्रदर्शन गर्ने भएका हुन् ।

यो फिल्म २०७६ सालको चैत अन्तिममा प्रदर्शन गर्ने तयारी थियो । तर, चैत्र ११ गतेबाट जारी भएको देशव्यापी लकडाउनका कारण हल बन्द हुँदा यो फिल्म करीब २ वर्षपछि धकेलिएको हो ।

सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छन् । फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको अभिनय छ ।

यसअघिका दुबै श्रृंखला व्यवसायिक रुपमा सफल भएका छन् । फिल्मको अफिसियल ट्रेलर यही शुक्रबार  सार्वजनिक हुँदैछ ।

Leave a Reply

%d bloggers like this: