Sun. Apr 28th, 2024

एजेन्सी । चर्न गएको गाई घाइते भएपछि हेलिकप्टरमा उद्धार गरिएको छ । स्वीट्जरल्याण्डको क्लाउसेनपास क्षेत्रमा चर्न जाँदा घाइते भएको गाईलाई हेलिकप्टरको सहायताले उद्धार गरिएको हो ।
अहिले यो समाचार तथा यस समाचारसँग सम्बन्धित तस्बीरहरू सामाजिक सञ्जालमा चर्चाका विषय बनिरहेका छन् ।
गत शुक्रबार समुद्री सतहबाट करीब १९५० मिटर अग्लो स्थानमा गाई घाइते भएपछि हेलिकप्टरको सहायताले उद्धार गर्नु परेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
गाईलाई हेलिकप्टरमा बाँधेर कुदै दुखान नहुने तरीकाले झुण्ड्याएर समथर ठाउँमा ल्याइएको थियो ।
उक्त गाईका मालिक जोनस अर्नोल्डले गाई घाइते भएर हिड्न नसक्ने भएपछि गाडी जान नसक्ने ठाउँ भएकाले हेलिकप्टरबाट उद्धार गरिएको जानकारी दिएका छन् ।

Leave a Reply

%d bloggers like this: