Mon. May 13th, 2024

काठमाडाैँ । एनआरएनए जर्मनीको निर्वाचनमा भरत कुमार चलाउनेले पनि उम्मेदवारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै २०२१–२३ सम्मको कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिएको जानकारी दिएका छन् ।
उनी एनअारएनए जर्मनीको २०१९–२१ सम्मको कार्यकालका सदस्य हुन् । उनी विगत १७ वर्षदेखी जर्मनीमा बसोबास गरिरहेका छन् ।
साकाजिक सञ्जाल फेसबुकमा भरतले लेखेका छन्, ‘विगत १७ वर्षदेखि जर्मनीमा बसोबास गरी नेपालीहरूको दुःख-सुखमा सँधै रहिरहेको छु । हाल २०१९–२१ को कार्यकालमा सदस्य रही आफुले सकेको जिम्मेवारी पूरा गरेको अवगत नै छ । गैर आवासीय नेपाली संघ जर्मनीको २०२१–२३ कार्यकालको लागि कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु । आदरणीय जर्मनी निबासी नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई साथ सहयोगको लागि अपील गर्दछु ।’

Leave a Reply

%d bloggers like this: