Thu. May 2nd, 2024

एजेन्सी । जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा कोलम्बियाले तेश्रो स्थान हासिल गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा कोलम्बियाले पेरूमाथि जित निकाल्दै तेश्रो स्थान हासिल गरेको हो ।
सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिलसँग पराजित भएका यी २ टोलीको खेल निकै रोमाञ्चक भएको थियो । पहिलो हाफमा पछि परेको अवस्था उल्ट्याउँदै कोलम्बियाले पेरूमाथि ३–२ गोल अन्तरको जित निकाल्न सफल भयो ।
खेलको ४५ मिनेटमा पेरूका योसिमर योतुनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर, दोश्रो हाफमा सुरूवाती ४ मिनेटमा नै कोलम्बियाले गोल फर्काउँदै खेल बराबरीमा ल्याउन सफल भयो । कोलम्बियाका लागि खेलको ४९ मिनेटमा जुआन क्वाड्राडोले गोल गरेका थिए ।
त्यसैगरी, खेलको ६६ मिनेटमा लुकास डियाजको गोल मार्फत कोलम्बियाले खेलमा पहिलो पटक अग्रता लिएको थियो । तर, ८२ मिनेटमा पेरूमा जियानलुका लापाडुलाले गोल गर्दा खेल पुनः बराबरीको अवस्थामा आयो ।
खेलको निर्धारित समयपछि थप गरिएको अतिरिक्त समयको चाैथो मिनेटमा कोलम्बियाका लुकास डियाजले नै व्यक्तिगत दोश्रो गोल गर्दा कोलम्बियाले कोपा अमेरिका २०२१ मा तेश्रो स्थान कब्जा गर्यो । पछिल्लो संस्करणको उपविजेता पेरू भने चाैथो स्थानमा सिमित भयो ।
कोपा अमेरिकाको फाइनल खेल भोली हुँदैछ । नेपाली समय अनुसार बिहान ५ः ४५ मा सुरू हुने खेलमा उत्तरी अफ्रिकाका २ पावर हाउस अर्जेन्टिना र ब्राजिल भिड्दैछन् ।
ब्राजिल कोपा अमेरिका २०१९ को विजेता हो । अर्जेन्टिना भने २०१५ र २०१६ मा कोपा अमेरिकाको उपविजेता हो । अर्जेन्टिना लगातार २ पटक फाइनलमा चिलीसँग पराजित भएको थियो ।

Leave a Reply

%d bloggers like this: